तस्विर ः मेटमणी चौधरी ।
काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन ।
नयाँ पार्टी दर्ताका लागि आयोगले बोलाएको हुँदा उनीहरु बुधबार बिहान ११ बजेपछि आयोग पुगेका हुन ।
एसमाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रदीप नेपालसहितका नेताहरुको नाम सनाखद भइ सकेको केन्द्रीय सदस्य तथा दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।
नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेर नयाँ पार्टीको बिधान र घोषणा पत्र तयार पारेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश मार्फत नयाँ पार्टी दर्ता कुनैपनि दलमा २० प्रतिसत केन्द्रीय सदस्य वा सांसद भए पुग्ने ब्यबस्था गरेको थियो ।
त्यही पुष्टि गर्नको लागि अध्यक्ष नेपालसहितका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका हुन ।