
काठमाडौं, भदौ ८ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा मंगलबारपनि जारी रहेको छ ।
बैठक सोमबारदेखि सुरु भएको थियो भने बुधबारसम्म जारी रहने जानकारी दिइएको छ ।
अध्यक्ष नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू सहभागी बैठकले पार्टीको विधान र घोषणापत्र जस्ता कुराहरुको टुंगो लगाउने जानकारी दिइएको छ ।
जसका लागि अध्यक्ष नेपालसहित नेताहरू सोमबार बेलुकी नै चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए।
निर्वाचन आयोगले नयाँ पार्टी दर्ताको लागि निवेदन दिएका अध्यक्ष नेपाल लगाएतका नेताहरुको सनाखत गर्न बुधबार कार्यालयमा बोलाएको छ।
अध्यक्ष नेपालसहित नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर चन्द्रागिरिबाटै निर्वाचन आयोग जाने भएका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार