२०८१ असार ९ गते शनिवार

रोल्पामा छोराको अगुल्टो प्रहार बाट बाबुको मृत्यु

प्रमाण मेटाउन राति नै घर लिपपोत !

दाङ, भदौ ७ । रोल्पामा छोराले बल्दै गरेको अगुल्टो प्रहार गरि बुवाको हत्या गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ बर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिन नेपालीको आइतबार राति साढे १० बजेतिर अगेनामा बल्दै गरेको चिरपटसहितको अगुल्टाले कञ्चटमा प्रहार गरि हत्या गरेको देखिन आएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले छोराको अगुल्टो प्रहार बाट बुवाको घटनास्थलमै मृत्यु भएपछि उनीहरुले शव खाटमा सुताएर राखेका थिए ।
तर, प्रहरीलाई भने लक्षिणको लडेर मृत्यु भएको भन्ने खवर गरिएको थियो ।

घटना सुनेर मध्य रातिमै घटनास्थल पुगेको प्रहरीले जब भरखरै घरको भुइ माटोले तिलपोत गरेको देख्यो, त्यसपछि आशंका लागेर अनुसन्धान सुरु गरेको थियो ।

त्यसपछि प्रहरीले चुल्होमा बल्दै गरेको चिरपट दाउरा नियालेर हेर्दा त्यसमा कपाल र रगत समेत फेला पारेपछि तत्कालै छोरा केशबबहादुरलाई पक्राउ गरेको डिएसपी सुबेदीले बताए ।

प्रहरीका अनुसार लक्षिणका दूई वटा श्रीमति रहेपनि दुबैको मृत्यु भइ सकेको हुँदा छोरा केशव र उनको परिवारले घटना पछि प्रमाण नष्ट गर्न घर लिपपोत गर्नुका साथै चिरपट समेत जलाउन खोजेका थिए ।

डिएसपी सुबेदीले सामान्ने घरायसी कलहका कारण छोरा केशवले बुवा लक्षिणमाथि बल्दै गरेको अगुल्टो प्रहार गरि हत्या गरेको देखिन आएको जानकारी दिए ।

लक्षिणको शव पोष्ट मार्टमको लागि दाङ ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी सुबेदीले बताए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *