दाङ, ५ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले संघमा लामो समय देखि नविकरण नभएका उद्योगी तथा व्यवसायीहरुलाई नविकरणमा छुट दिने भएको छ ।
संघको शनिवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संघमा विभिन्न कारणले लामो समय सम्म नविकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरुलाई ३ वर्षको नविकरण लिएर नविकरण गरि दिने भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
आउदो पुस मसान्त सम्मका लागि यस प्रकारको छुट दिइने भएको महासचिव वुढाथोकीले बताए ।
यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ ।
बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार