२०८२ कार्तिक २४ गते सोमवार

नेपाल नेतृत्वको नयाँ पार्टीको नामबाट एमाले शब्द हटाइयो

काठमाडौं, भदौ ४ । माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीको नाम परिवर्तन गरिएको छ ।

शुक्रबार निर्वाचन आयोगमा नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेर दर्ताको लागि निवेदन दिइएको छ ।

नयाँ पार्टीमा यसअघि राखिएको एमाले शब्द हटाइएको छ । यसअघि नेकपा एमाले ९समाजवादी० नाम दर्ताको लागि निबेदन दिइएको थियो ।

निर्वाचन आयोगले एउटै खाले नाम राख्न नमिल्ने भनेपछि नेपाल समूहका नेताहरूले छलफल गरि नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नका लागि निबेदन दिएका हुन ।

नेता नेपालले बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको लागि निवेदन दिएका हुन ।

निर्वाचन आयोगले पार्टीको नाम, विधान, घोषणा पत्र, केन्द्रीय समितिका सदस्यको नाम, दस्तखत, ३३ प्रतिशत महिलालगायत सबै कुरा मिलेको छ कि, छैन भनेर हरेपछि मात्रै नयाँ पार्टी दर्ता गर्नेहरुलाई बोलाउने गर्छ ।

त्यसपछि मात्रै आयोगले दलमा रहेका सदस्यहरूको सनाखत गर्छ र नयाँ पार्टीले मान्नेता पाउने अवस्था आउँछ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *