तुलसीपुर, भदौ ३ । नेकपा एमाले दाङका अध्यक्ष तथा हाल एमाले (समाजबादी) का नेता टीकाराम खड्काले अहिले केपी ओली, इश्वर पोखरेल, शंकर पोखरेलहरुको दम्भ र हटका कारण पार्टी एकता नभइ बिभाजनको जान बाध्य पारिएको बताएका छन् ।
बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै जिल्ला अध्यक्ष खड्काले लाखौं कार्यकर्ताको चाहना सुदृढ सबल, अनुशासित एकता बद्ध एमाले रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष खड्काले लेखेका छन्– ‘तर, पार्टी बिभाजनतिर धकेलिदैछ । यसले बाम आन्दोलनलाई ठूलो क्षति पुर्उने निस्चित छ ।’
अझैपनि कतै संभावना भए सम्मानजनक पार्टी एकता गर्नुपर्ने तर्क गरेका छन् ।
‘पार्टी कामको समीक्षा आलोचना आत्मालोचना गरेर आवश्यक पर्दा मार्ग प्रसस्त गरेर भए पनि नेकपा एमालेको एकता जोगाँउ,’ खड्को लेखेका छन् ‘यति लामोसमयमा निस्वार्थ पार्टीको भोलेन्टर भएर पार्टीका निष्ठानवान नेता कार्यकार्तालाई पदबिहिन पार्टी बिहिन एमाले बिहिन कम्युनिष्ट आन्दोलन बाहिर बस्न बाध्य नपार्नुहोस घमण्ड दम्भ अहंता हठलाई त्याग गरौ । अन्यथा हामिलाई बिद्रोह गर्न बाध्य नपारियोस ।’
उनले कुनै पनि गलत बिचार र नेतृत्व त्याग गर्न तयार रहेको भन्दै ब्यक्तिगत रुपमा कसैको निष्ठा अडान माथि भ्रम सिर्जना गर्ने दुस्प्रयन्त नगर्न अनुरोध पनि गरेका छन् ।
अध्यक्ष खड्काले आँफुले गुट परिवर्तन नगरेको पनि स्पष्ट पारेका छन् ।

‘म नेकपा एमाले एकताबद्ध हुनु पर्छ भन्ने पक्षमा छु । पार्टी बिभाजन हुदा लोकतन्त्र कमजोर हुन्छ,’ उनले अगाडि लेखेका छन् ‘ बिभाजन हुनु हुदैन नेपालको राजनीतिलाई अस्थिर बनाउनु, कमजोर बनाउनु संघीय लोकतन्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहको छ ।’
नेपाललाई पराधिन मुलुक बनाउने खेल शुरु भएको भन्दै उनले चिन्तापनि जाहेर गरेका छन् ।
नेकपा एमाले लाई एकताबद्ध हुनु नदिनु, भएका सहमति कार्यान्यन नहुनु, २०७७ फाल्गुन २३ फैसला नमान्नु, पार्टीको ९औं महाधिवेशनको कार्यदिशा र केन्द्रीय कमिटी स्वीकार नगर्नु, पार्टीको सम्मानजनक एकता गर्न नचाहनु, सर्वजनिक स्थलमा पार्टीका नेताको मान मर्दन गर्नु, बिधान सिद्धान्त कार्यदिशा नमान्नु राजनीतिक अराजकता भएको खड्काले बताएका छन् ।