काठमाण्डौ,भदौ ३ । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष एवं संविधान सभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना सङ्क्रमण भइ सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचाररत उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए ।
उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी बैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष पनि थिए ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार