२०८१ जेष्ठ ३० गते बुधवार

बागमतीमा मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य

काठमाडौं,भदौ २ । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ ।

बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

दलको नेताबाट मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएका छन् ।

शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

 

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *