२०८१ पुष २९ गते सोमवार

स्वास्थ्य पहुँच र गुणस्तरका लागि कार्यक्रम


सल्यान, पुस १४ ।
पिछडिएका र सेवाको अवसरबाट वञ्चित रहेका समूहलाई लक्षित गरेर सल्यानमा पाँच वर्षिय कार्यक्रम सुरू भएको छ । मातृ, नवजात शिशु, बाल तथा प्रजनन् स्वास्थ्य सेवामा पहुँच पु¥याई गुणस्तर सुधारका लागि ‘स्वास्थ्यका लागि सक्षम प्रणाली’ कार्यक्रम सुरू भएको हो ।
सल्यानसहित कर्णाली प्रदेशका सबै जिल्ला तथा प्रदेश नम्बर ५ का दाङ, बाँके र बर्दियामा आगामी पाँच वर्षसम्मका लागि कार्यक्रम शुरू भएको ‘स्वास्थ्यका लागि सक्षम प्रणाली’ कार्यक्रमका परिवार नियोजन तथा महिला, बालबालिका हेर्ने प्राविधिक अधिकृत अर्चना अर्यालले जानकारी गराइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारी र युएसएआइडीको आर्थिक सहयोगमा विभिन्न चार संस्थाले यो कार्यक्रम कार्यान्वयन गर्नेछन् । कार्यक्रम कार्यान्वयन गर्ने संस्थाहरूमा एब्ड एसोसिएट्स, सेभ द चिल्डे«न, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र म्यानेजम्यान्ट सपोर्ट सर्भिसेज रहेका छन् ।

सल्यानसहित कर्णाली प्रदेशका सबै जिल्ला तथा प्रदेश नम्बर ५ का दाङ, बाँके र बर्दियामा आगामी पाँच वर्षसम्मका लागि कार्यक्रम शुरू भएको ‘स्वास्थ्यका लागि सक्षम प्रणाली’ कार्यक्रमका परिवार नियोजन तथा महिला, बालबालिका हेर्ने प्राविधिक अधिकृत अर्चना अर्यालले जानकारी गराइन् ।

प्राविधिक अधिकृत अर्यालका अनुसार सुरूमा विभिन्न पालिकाका स्वास्थ्य संस्थाको अवस्था पत्ता लगाएर आवश्यकता अनुसारको सहयोग यस कार्यक्रमले गर्नेछ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनलगायतलाई कार्यक्रमको बारेमा जानकारी गराउँदै उनले भनिन्, ‘स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउन हामीले विभिन्न कामहरू गर्नेछौँ । स्थानीय आवश्यकता अनुसारको व्यवस्थापनमा यस कार्यक्रमले जोड दिनेछ ।’

अहिले यस कार्यक्रमका लागि १३ जिल्लामा १० वटा टोली खटिएका छन् । एक टोलीमा तीनजना प्राविधिक अधिकृतहरू रहेको सविता पोख्रेलले जनाइन् । यस कार्यक्रमले संघीयतामा हुने स्वास्थ्य सेवा प्रणालीको परिवर्तनहरूको सन्दर्भमा स्वास्थ्य सेवा प्रणाली र सुशासनमा सुधार ल्याउने उद्देश्य रहेको पनि पोख्रेलले जानकारी दिइन् ।

नजिकमा स्वास्थ्य संस्था नहुनु, स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति तथा औषधि र श्रोत साधन नहुनुजस्ता कारणले ग्रामीण भेगका नागरिक समस्यामा पर्ने गरेका छन् । यद्यपि पछिल्लोे समय स्थानीय सरकारले स्वास्थ्य संस्था नभएका वडाहरूमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गर्ने, गाउँ–गाउँमा गाउँघर क्लिनिक स्थापना गरेर र करारमै स्वास्थ्यकर्मी भर्ना गरेर भएपनि स्वास्थ्य सेवा विस्तारको प्रयास गरेका छन् ।
यही क्रममा सुरू भएको ‘स्वास्थ्यका लागि सक्षम प्रणाली’ कार्यक्रमले स्वास्थ्य संस्थाहरूलाई सेवाग्राहीमुखी बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा पाउनका लागि अहिले समुदायले भोगिरहेका आर्थिक र सामाजिक व्यवधानहरूमा कमी आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *