२०८२ कार्तिक २१ गते शुक्रवार

अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय

काठमाण्डौ,साउन ३२ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको छ ।

बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको उनले बताए ।

यस्तै, बेलायतमा आमरण अनशनमा रहेका भूपू ब्रिटिस गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न कूटनीतिक माध्यमबाट पहल गर्न सरकार प्रतिबद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

आमरण अनशनमा बसेकालाई सरकारले अनशन फिर्ता लिन आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *