२०८१ असार ८ गते शुक्रवार

गण्डकीमा कांग्रेस सरकार पूर्वाग्रही बनेको एमालेको आरोप

काठमाडौँ,साउन ३१ । नेकपा एमाले संसदीय दल गण्डकीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारको ध्यानाकर्षण गराएको छ ।

गठबन्धन सरकारले कार्यकर्तामुखी बजेट ल्याएर जनताको चाहनामाथि कुठाराघात गरेको भन्दै नेकपा एमालेले ध्यानाकर्षण गराएको हो ।

आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर गण्डकी प्रदेशबासी जनतामाथि सरकारले ठूलो अन्याय गरेको एमालेको आरोप छ ।

सरकारले ती योजनामा बजेट काट्दा राजनीतिक प्रतिशोधको दृष्टि र पूर्वाग्रह राखेको देखिएको एमालेको टिप्पणी छ ।

प्रतिशोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र नभएको भन्दै त्यसतर्फ नजान सरकारलाई सचेत गराइएको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

यसअघिको सरकारले सुरु गरेका योजना जनहितमा केन्द्रित भएको दाबी गर्दै एमालेले राजनीतिक पूर्वाग्रह नराखी ती योजना अघि बढाउन पनि आग्रह गरेको छ ।

ध्यानाकर्षण गराउँदै एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकारले सहभागिमूलक ढंगले योजना छनौट गराएको भएपनि अहिलेको सरकारले त्यसो गर्न नसकेको बताए ।

प्रमुख सचेतक मायानाथ अधिकारीले आफूहरु यसअघि पनि पटकपटक सरकारको ध्यानाकर्षण गराएपनि सरकारले ‘रेष्पोन्स’ नगरेको भन्दै आक्रोशित बनेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *