२०८१ असार ८ गते शुक्रवार

चार दलीय गठबन्धनलाई सघाउने दुई सांसदलाई एमालेले थाल्यो कारबाही

बुटवल,साउन २९ । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको छ।

चार दलीय गठबन्धनलाई सघाएको भन्दै एमालेले दुई सांसदलाई कारबाहीका लागि प्रक्रियाअगाडि बढाएको हो ।

नवलपरासीका सांसद अजय शाही र दाङकी सांसद विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेको भन्दै एमालेले कारबाही प्रक्रियाअघि बढाएको हो ।

शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ । वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाइएको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।

सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रियाअघि बढाएको ढकालले बताए ।

नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

उनले आफू स्वतन्त्र सांसद भएको भन्दै कारबाहीको अर्थ नभएको बताए । एमालेले कारबाही गर्ने तयारी गरेको वलीले यसअघि नै पत्रकार सम्मेलन गरी आफूले माओवादी रोजेको जानकारी गराएककी थिइन् ।

प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *