
बुटवल, साउन २८ । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा नेकपा माओबादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
केसी पहिलो पटक २०७४ फागुन ३ गते प्रदेश कानुन मन्त्री बनेका थिए ।
अल्पमतमा परेपछि बुधबार शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा केसी नियुक्त भएका हुन । उनी नेपाली काँग्रेससहित बिपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन ।
बुधबार प्रदेश प्रमुख शेरचनले २४ घण्टाको समय सीमा तोकेर मुख्यमन्त्रीको दाबी पेश गर्नेहरुलाई आह्वान गरेका थिए ।
त्यसैका आधारमा दूई वा दूई भन्दा बढी दलहरुको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त गरिएका हुन ।
मुख्यमन्त्रीको सपथपछि गठबन्धनले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।