२०८२ बैशाख ११ गते बुधवार

मल वितरण केन्द्रको अनुगमन

तिर्थराज ज्ञवाली, मसुरीया, साउन२४ ।राप्ती गाउँपालिका कृषि विकाश शाखाले कृषकले मल नपाएको विषयमा गुनासो आएपछि अनुगमन सुरु गरेको छ ।

राप्ती क्षेत्रका सहकारीद्धारा वितरण गर्ने ब्यवस्था मिलाइएकोमा विभिन्न स्थानबाट कृषकले अति न्युन मल पाएको, रकम बटी तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरे संगै अनुगमन सुरु गरिएको हो ।

अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरीको संयोजकत्वमा ८ वटा वडाहरुमा मल वितरण गर्ने सहकारीमा अनुगमन थालिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिइन ।

अनुगमन समिति कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका निमित्त कार्यालय प्रमुख घनश्याम कहार, कृषि अधिकृत अनिल अधिकारी, कृषि प्राविधिक सहायक सीमा भट्ट लगायतको टोलीले आइतवार वडा नं. २ र ४ का सहकारीमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा गाउँपालिकाले तोकेको मुल्यमा सहकारीले कृषकलाई मल दिए नदिएको, मल तौलका लागि प्रयोग हुने तराजुको प्रकार, मल भण्डारण गर्ने भण्डार कक्ष, मल विक्रि वितरण गर्दा कृषकलाई सहकारीको विक्रिविल प्रतिलिपी, कृषक परिचय पत्र, वितरण क्षेत्र अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा सहकारी तथा मल वितरण केन्द्रका पदाधिकारी, कर्मचारीलाई कृषकका गुनासा तथा ९ प्रश्नमा रहेर प्रश्न तथा सुझाव दिदै आइएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *