२०८१ चैत्र ९ गते शनिवार

यातायात ब्यबसायीले सरकारलाई गाडीको चाबी बुझाए

काठमाडौं, साउन १० । यातायात व्यवसायीहरूले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन् ।

आइतबार काठमाडौंका यातायात ब्यबसायीले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत सरकारलाई चाबी बुझाइएका हुन ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले एउटै प्रदेशभित्र चल्ने गाडीहरूको भाडा समायोजन हुनुपर्ने, यातायातकर्मीलाई कोभिड–१९ विरूद्धको खोप लगाइनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने जस्ता मागहरु राखिएको बताए ।

बिहीबार उनीहरूले माग पूरा नभएकाले चक्रपथमा सवारी साधनको ¥याली निकालेका थिए ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *