२०८१ जेष्ठ ३० गते बुधवार

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेसँगै राजश्व संकलनमा बृद्धि

तुलसीपुर,साउन ९ । लकडाउन खुकुलो भएसँगै सडकमा सवारी चाप बढ्दै गएको छ ।

सडकमा सवारी चाप बढ्दै गएपछि दाङमा नियम विपरित सवारी साधन चलाउँदा कारवाहीमा पर्ने चालकको संख्या बढ्दै गएको छ ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको कार्यालयले जनाएको छ ।

जिल्लामा बितेको आर्थिक वर्ष २०७७÷०७८ मा सवारी कारवाहीबाट ३ करोड ३८ लाख ५३ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।

बितेको एक वर्षको अवधिमा ट्राफिक नियम उल्लघन गर्ने ५६ हजार ३ सय ८२ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ३८ लाख ५३ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी ट्रक १८ हजार ४ सय ८ वटा छन । जसबाट १ करोड ३८ लाख ३ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।

त्यस्तै १८ हजार ३ सय ७६ वटा मोटरसाइकललाई कारवाही गर्दा १२ लाख ८९ हजार,५ हजार ९ सय २० वटा जिप÷कारलाई कारवाही गर्दा ३३ लाख ८२ हजार,४ हजार ६ सय ९० वटा बसलाई कारवाही गर्दा २६ लाख ३७ हजार,४ हजार ५ सय ५८ वटा टेक्टरलाई कारवाही गर्दा २५ लाख ७९ हजार ५ सय र४ हजार ४ सय ३१ वटा अटो÷टेम्पुलाई कारवाही गर्दा २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरी कार्यालय दाङले ०७७÷०७८मा सवारी साधन कारवाही र राजस्व संकलनमा बृद्धि गरेको कार्यालय प्रमुख जिसीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा १० लाख बढी राजश्व संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो ।

कार्यालयमा आर्थिक वर्ष २०७४÷०७५ मा १ करोड ९५ लाख ६ हजार रुपैया राजश्व संकलन भएको थियो भने ०७५÷०७६ मा २ करोड १३ लाख ५ हजार रुपैया राजश्व संकलन भएको थियो ।

विगत ४ वर्षमा संकलन भएको राजश्व तुलना गर्दा ०७७÷०७८ मा ४६ दशमलब ७२ प्रतिशत राजश्व बृद्धि भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिए ।

लकडाउन खुकुलोभएसगै सडकमा पनि सवारीको चाप बढ्दै गएको र चालकहरुले ट्राफिक नियमको पालना नगर्नाले पछिल्लो समय धेरै संख्यामा सवारी चालक कार्वाहीमा परेको उनको भनाई छ ।

कावारहीमा पर्ने सवारीमध्ये अधिकांश ट्रिपर,ट्रक र मोटरसाइकलका चालकहरु रहेका छन् ।

मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरित चलाएका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानुनी दायरामा ल्याईएको प्रमुख जिसीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *