२०८१ असार ७ गते बिहिवार

बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गयो

बाग्लुङ,साउन ५ । बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गएको छ ।

गलकोट नगरपालिका–७ मल्ममा खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्तीको ज्यान गएको हो ।

विषाक्त जाँडरक्सी खाएर उनीहरुको ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

बिरामी ३८ वर्षका खेमराज घर्ती र २६ वर्षका रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *