
तुलसीपुर, २३ असार । तस्वीरमा देखिएका दुश्यहरुले सायद सव्द लेखिरहनुपर्ने छैन । तर पनि यथार्थ बस्तुस्थीति बुझाउनकालागी लेखिएका सव्दहरु तल उल्लेख गरिएका छन् ।
तस्वीरको परीदृश्य घोराही—तुलसीपुर सडक खण्ड अन्तर्गत सक्रामखोला पकिक पुल पश्चिम तर्फ असारे झरीबीच बुधवार सडक कालोपत्रेकालागी निर्माण कम्पनीले ग्रावेल फिजाएको छ । जसका कारण सडकमा सवारीसाधन आवागमनमै कठिन्याइ देखिएको छ भने विकाश निर्माणको दिगोपनामै प्रसस्त आशंका समेत उव्जाएको छ ।
पुल निर्माणको काम सकिएर पनि पुलमाथी दुइ पटक सम्म कालोपत्रे गरिएको सक्राम खोलाको पक्कि पुलले निर्माणको गुणस्तरीयतालाइ व्युझाइरहेको छ । ‘असारमा पकिक, साउनमा मर्मत, भदौमा भ्वाङ’ यो बर्ष पनि यहांका विकाशे योजनाले यहि नियती दोहो¥याएका छन् ।
असारको रिमझिम झरीमा घोराही तुलसीपुर सडक खण्डको सक्राम खेला पुल आसपासमा कालोपत्रेको तयारी भैरहेको छ । मंगलवार दिउसो निर्माण कम्पनीले एक महिना अघि कालोपत्रेकालागी विच्छाएको रोडा फिजाउंदै थियो । सायद साउन पहिलो साता यो धुलाम्मे र हिलाम्मे सडक कालोपत्रे हुने छ । पुल निर्माण सकिएको दुइ बर्षपछि मात्र सो स्थानमा कालोपत्रेको अभ्यास डिभिजन सडक कार्यालय मार्फत हुन थालेको छ ।
चारलेन सडकको स्वामित्वमा आइसकेपनि चारलेन परीयोजना विरामी(प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङको सव्दम) ाविरामी परेपछि डिभिजन सडक कार्यालयलेनै पुल आसपासको काम भनेर ठेक्का लगायो, असारमा काम गर्ने गरी । सक्रँम खोलाको पुल मात्र होइन, गुर्जेखोलाको पुल आसपासको सडक, कटुवाखोलाको आसपासको सडक र कुइरेपानीको पक्कि पुल आसपासको सडकमा यसरीनै कालोपत्रेको काम मंगलवारै सुरु भयो । ती सवै स्थानमा निर्माण कम्पनीले असार मसान्त अघिनै कालोपत्रेको काम सक्ने छ, चाहे मौसम जस्तोसुकै होस् ।
सोहि सडकको हात्तिखौवा—मोतिपुर सडक खण्डमा तुलसीपुर उपमहानगरपालिकाका टिप्परहरुले धमाधम खाडल पुरीरहेका छन् । लाजछोप्न यी खाडल पुर्न थालिएको सडकमै उभिएका तुलसीपुर उपमहानगरपालिकाका एक नागरीक गेहेन्द्र पौडेलले भनिरहेका थिए ।
चारलेन सडक परीयोजना विरामी परेकै कारण उपमहानगरपालिकाले सदासयता देखाएर संघिय कार्यालय मातहतमा रहेको सो राजमार्ग सडक खण्डको मर्मतको अभ्यास थाल्यो । सरकारले असारदेखि भदौ महिना सम्म कुनैपनि खोलानालाबाट नदिजन्य पदार्थ उठाउन नपाइने स्पष्ट कानुन बनाएपनि स्थानिय पालिकाले यसलाइ रोक्नुको साटो आफ्नै टिप्पर उठाएर धमाधम असारकै झरीमा नगरस्तरीय सडकको स्तरोन्नती गरीरहेका छन् ।
मानौं असार मसान्तपछि कुनैपनि विकाश निर्माणका काम गर्न पाइने छैन । मंगलवारकै दिन थियो, घोराही उपमहानगरपालिकाको सौडियारमा रहेको एउटा सामुदायिक विद्यालयको पर्खाल पनि असारे झरीबीच प्लष्टर गरींदै थियो । हतार हतारमा विद्यालयको पर्खाल प्लाष्टर गरीएको देख्दा लाग्थ्यो, असारमा नगरे विद्यालयको पर्खाल कहिल्यै प्लष्टर हुने छैन ।
यी सवै परीदृश्य मंगलवार एकै दिन देखिएका हुन् । सायद जिल्लाभरका सवै पालिकामा यसरीनै हतार हतारमा विकाश निर्माणका कामहरु भैरहेका छन् अहिले । बृहत दाङ सिंचाइ आयोजनाले यो आर्थिक बर्षमा सम्पन्न गरेका योजनाहरुको स्थलगत अनुगमनमा जाने क्रममा एकैदिन देखिएका विकाश परीदृश्यहरु हुन् यि…।
पत्रेखोलाको भ्वाङ पुर्न पनि राम वहादुर कुरुम्वाङलाइ कुर्नुपयो । कुरुम्वा पनि असारमै आउनुपर्ने । कम्तिमा कुरुम्वाङ जेठमा आइदिएको भए उहि साता पत्रे कच्वेको भ्वाङ पुरीने थियो । असारे बाढिमा यतिविघ्न असहज यातायात पत्रेखोलामा हुने थिएन । सक्रँम खोलाको पक्कि पुलमाथी तीन पटक फेरी कालोपत्रे गर्नुपर्ने थिएन ।
तात्कालिन स्थानिय विकाश अधिकारी विष्णु पोख्रेलले असारलाइ विकाश होलिडेका रुपमा मनाउने उद्घोष गरे । अर्का स्थानिय विकाश अधिकारी पुष्पराज शाहिले एक आर्थिक बर्ष यसलाइ अधिक्तम कार्यन्वयन गरे । आशा पलाएको थियो, असारमा विकाश होलिडे….। तर हुन थाल्यो असारमा विकाश ।

घोराहीका हरेक वडाहरुमा यसरीनै असारे झरीमा धमाधम ग्रावेल विच्छाइएका छन् । ‘यी सडकहरु कालोपत्रेकालागी ग्रावेल विच्छाइएका सडकहरु हुन्, सायद असारमै कालोपत्रे हुने छ’—घोराही उपमहानगरपालिका—८का स्थानियबासी पवल वली भन्छन्, असारमा बाटो कालोपत्रेगर्ने अभ्यास अहिले नयां होइन ।
घोराहीकै मुटुका रुपमा चिनिने तुलसीपुर चौकमा लामो समयदेखि हिलाम्मे र धुलाम्मे अवस्थाको मुख्य राजमार्ग सडक कालोपत्रेकालागी अन्तिम तयारी भैसकेको छ । कालोपत्रे विच्छाउनकालागी घाम लागेर धुलो सुक्नुपर्ने प्राविधिक मान्यता छ । कालोपत्रेगर्नुअघि धुलो उडाउनुपर्ने होइन र ? नागरीकहरुको यो प्रश्नको जवाफ सडक संग छैन । त्यसैले एक दिन आकाश उज्यालो भएको मौका छोपेर एम २५को मापदण्डमा पत्रे कच्वेको भ्वाङ टालियो ।
असारमा निर्माण गरेका सडक पुर्वाधार टिकाउ नहुने प्राविधिकहरुको सुझाव छ । असारे झरीमा गरेको सडक कालोपत्रेमा तोकिएको गुणस्तर कायम हुनै नसक्ने इन्जिनियर अन्जन पौलेल बताउंछन् । ‘पक्कि संरचना तोकिएको आयुकालागी सक्षम हुनकालागी कम्तिमा एक महिना सेटिङको समय आवस्यक हुन्छ, ढलानकालागी त्यो एकदमै अनिवार्य हो’, इन्जिनियर पौडेल भन्छन्, तर यो अभ्यास सरकारी निकायबाटै कार्यान्वयन हुन सकेको छैन ।
‘असारमा पक्कि, साउनमा भ्वाङ’, यो विकाश पद्धतीले जिल्लाका धेरै विकाश निर्माणका योजनाहरु दिगो र टिकाउ बन्न सकेका छैनन् । यसलाइ आम नागरीकहरुले दुःखद प्रबृत्ति भनेका छन् । तर निगमनकारी निकायहरुले यसमा अझै पनि गम्भीरता देखाउन सकेका छैनन् ।
असारे विकाशको अन्त गर्न सरकारले जेठ महिनामै अनिवार्य रुपमा बजेट ल्याइसक्ने बनाएपनि विकाश निर्माणका काममा भने कुनै सुधार हुन सकेको छैन । मुलुकको पुजिगत बजेटको करीव ९० प्रतिसत असारमै भुक्तानी हुने गरेको छ । अन्य ११ महिनामा संबन्धित निकायहरु मौनता साधेर बसिरहेका हुन्छन् ।
यसरी एक महिना मात्र द्रुत गतिमा काम गर्ने अभ्यासले अधिकांश विकाश बजेट खर्च हुन नसकेर फ्रिज हुने गरेको छ । पछिल्ला आर्थिक बर्षहरुमा विकाश बजेट फिर्ताजाने प्रबृत्ति थप हावी हुन थालेको छ । सरकारले यसलाइ अघिल्लो आर्थिक बर्षदेखि कोरोनाको वाहना बनाउंदै आएको छ । तर कोरोनाका कारण विकाश निर्माण रोक्न सरकारले कनै पनि निकायलाइ निर्दैशन गरेको अवस्था भने छैन । लकडाउनमा पनि विकाश निर्माणका योजनाहरुमा काम नरोक्ने गरी निषेधाज्ञा जारी भैरहेका छन् ।
नयां बोतलमा पुरानै दारुः प्रमुख कोष नियन्त्रक चौधरी
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक शिव प्रसाद चौधरीले असारमा विकाश बजेट खर्च हुने प्रबृत्तिलाइ नर्ण बोतलमा पुरानै दारुको संज्ञा दिएका छन् । यसमा जनप्रतिनिधि र कर्मचारीहरु दुवैको समान दायित्व भएको पनि उनको अभिव्यक्ति थियो ।
‘कोरोनाको कारण यो प्रबृत्ति दोहोरीएको होइन, राणाकाल, पन्चायत, वहुदल र संघात्मक गणतन्त्रमा पनि यहि अभ्यासले निरन्तरता पाएको छ’—कोष प्रमुख चौधरीले भने । यो अवस्थामा सुधार ल्याउनकालागी जनप्रतिनिधिज्युहरुले कर्मचारीहरुलाइ वेलावेलामा सचेत गराउने र कर्मचारीहरुले पनि समयमै काम गर्ने तर्फ क्रियाशिल हुनुपर्ने उनको सुझाव छ ।
बजेट ढिलो आएको तथा समयमै अख्तियारी नआएको भन्ने समस्या अहिले नरहेको बताउंदै कोष प्रमुख चौधरीले साउन १ गतेदेखिनै संबन्धित विभागिय कर्मचारीलाइ सचेत बनाएर काममा क्रियाशिल बनाउनुपर्ने बताए । यसकालागी विकाश निर्माण प्रतिको तत्परता, रचनात्मक एवं सकारात्मक सोंचको विकाश गर्नुपर्ने पनि उनको सुझाव थियो ।
मासिक रुपमा भएको खर्चको विवरण हेर्ने हो भने विकाश बजेटको ठुलो हिस्सा असार महिनामा मात्रै खर्च हुने गरेको छ । प्रदेश सरकारको हकमा असार २४ गतेसम्म भुक्तानी गर्न सकिने, संघिय सरकारका योजनाका हकमा असार २५ गते सम्म वा योजनाको अवस्था हेरेर काम भएको भए असार ३० गतेसम्म भुक्तानी दिन सकिने व्यवस्था छ ।
त्यसैगरी स्थानिय सरकारको हकमा पनि असार २४ गतेभित्रै योजनाको भुक्तानी दिनुपर्ने अवस्था रहेको छ । तर स्थानिय पालिकाहरुले स्थानिय पालिकास्तरीय ऐन बनाएर असार ३० गते सम्म पनि भुक्तानी गर्न सक्ने छन् । तर असार ३१ गते भने कुनैपनि सरकारले विकाश निर्माणका योजनाहरुको भुक्तानी गर्न पाउने छैनन् ।