२०८२ बैशाख ११ गते बुधवार

हराइरहेकी चितवनकी सुजिता भण्डारीको दश दिनपछि शव फेला

काठमाण्डौ,असार २१ । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षकी सुजिता भण्डारीको शव भेटिएको छ ।

असार ११ गतेदेखि हराएकी भण्डारीको शव ब्रह्मस्थानी सामुदायिक वनमा हिजो बेलुका फेला परेको हो ।

साथीको घर जाने भनेर हिँडेकी भण्डारी त्यसपछि बेपत्ता भएकी थिइन ।

उनले ११ गते राति दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *