२०८२ कार्तिक २९ गते शनिवार

म कसैको दबाब र प्रभावमा काम गर्दिन – डिएसपी अर्याल

तुलसीपुर, असार १८ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो कतब्र्य हुने बताएका छन् ।

शुक्रबार कार्यकक्षमै पत्रकार संगको परिचयात्मक कार्यक्रममा उनले तुलसीपुर क्षेत्रको शान्ति शुरक्षाका लागि कसैको दवाव र प्रभावमा नपरी काम गर्ने दृढता ब्यक्त गरे ।

उनले अपराध मुक्त समाज निमार्णका लागि नागरिकको सहयोग अति आवश्यक हुने तर्क गरे । डिएसपी अर्यालले नागरिकले समयमै सही सूचना दिएर प्रहरीलाई अघाउनु पर्ने धारणा राखे ।

त्यस्तै डिएसपी अर्यालले गैरकानुनी रुपमा हुने गिट्टी,बालुवा उत्खनन,जुवातास नियन्त्रण,लागु औषध कारोवार जस्ता विभिन्न प्रकारका हुने अपराधिक गतिविधि न्यूनिकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाए ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य शुरेस श्रेष्ठ, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी, नेपाल पत्रकार महासघं दाङकी पूर्व सहसचिवहरु सर्मिला डिसी र गोकर्ण पौडेल, पत्रकारहरु बिमल गौतम,चेतन रेग्मी,सुनिलकुमार पोख्रेल,देवराज भण्डारी लगाएतले नदीजन्य पदार्थको अवैध उत्खनन्,लागु औषध कारोबार, जुवातास,हत्या हिंसाका घटना नियन्त्रणका लागि प्रहरीले थप सक्रियता बढाउन जरुरी रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *