तुलसीपुर, असार १५ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं. ७ खर्चवामा १८औं राष्ट्रिय धान दिवस तामझामका साथ मनायो । खेतको बीचमै टेन्ट टाँगेर मञ्च निर्माण गएिको थियो । भाषण गर्न पोडिम, स्पिकर तथा माइकको पनि ब्यबस्था थियो । चिटिक्कै सिंगारिएको मञ्च भित्र सुकिला मुकिला जनप्रतिनिधि तथा कर्मचारीहरु बिराजमान थिए ।
नजिकै किसान हलो जोत्दै गरेका किसान थिए । सायद उनलाई आफ्नो नजिकै भइरहेको भासन भिसनले इरिटेड बनाएको थियो होला । भाषणपछि जनप्रतिनिधि लगाएत कर्मचारी गएर रोप्ने खेत तयार पार्ने काम जग्गा धनिले गरिरहेका थिए । किसान बाहेक भाषण भिषणमा रमाउने जनप्रतिनिधि र कर्मचारी बर्गका लागि साँच्चि त्यो रोपाई महोत्सव उल्लास पूर्ण थियो । अतिथि लगाएत सबैका लागि दही चिउरा लगाएतका खान्की तयार थियो ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाको आयोजना तथा नमुना हरीयाली कृषि समुहको सहआयोजनामा रोपाई महोत्सवमा नगरप्रमुख घनश्याम पाण्डेले चुनाबी मनतब्य जस्तै भाषण छाँटे । उनले मनमोहलने सुरु गरेको बृद्ध भत्तादेखि आफुले गरेको कामहरुको चर्चा परिचर्चा गरे ।झन्डै २५ मिनेट जति भाषण गरेका मेयर पाण्डेको मनतब्य चुनाबी भाषण जस्तै लाग्ने खाले थियो । आधुनिक कृषि प्रणालिलाई उपमहानगरपालिकाले पछ्याइसकेको भन्दै उनले जनप्रतिनिधिहरु आएपछि बाँझा खेतहरुमा धमाधम खेति बढ्दै गएको दाबी गरे ।
आफु आएपछि उत्पादन दोब्बरले बृद्धि भएको दाबी गरे । आफु आइसकेपछि भूउपयोग नीतिलाई प्रार्थमिकता दिंदै बाझो जग्गाको आकार धेरै घटाइ सकेको उनले बताए । नगर प्रमुख पाण्डेले भने अव तुलसीपुरमा दश प्रतिसत खेतियोग्य जमिन मात्रै बाँझो रहेको बताए । ‘अर्को बर्ष बाँझो खेत देख्न पाइने छैन,’ उनले भने । उनले कृषि क्षेत्रको बढेर साढे ८ प्रतिसत पुगेको बताए । अव कृषिलाई आधुनिकिकरणसंगै व्यवसायीकरण गर्न उपमहानगरपालिका लागि परेको पाण्डेले बताए ।
किसानहरुका लागि अनुदान लगायतका आकर्षक योजनाहरु ल्याउने तयारी रहेको जानकारी दिए । नगरप्रमुख पाण्डेले अर्को आर्थिक बर्ष सम्म सवै वडामा कृषि र पशुप्राविधिक कार्यालय सञ्चालनमा आउने बताए ।
तुलसीपुरमा किसानको सुविधाका लागि मेट्रो एग्रोभेट हस्पिटल निर्माण प्रक्रिया सुरु भइसकेको मेयर पाण्डेले जानकारी दिए ।
किसानको सहजताका लागि एग्रोभेट एमवुलेन्स, स्मार्ट किसान केड्रिट कार्डको व्यवस्था, विउ उत्पादनमा विशेष प्रोत्साहन तथा रसायनिक मललाई विस्थापित गर्न प्राङगरिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याइने उनले बताए ।
कार्यक्रममा तुलसीपुरकी उपप्रमख माया शर्माले धान उत्पादनमा तुलसीपुरले फड्को मारेको बताइन । स्थानीय डिल्ली भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कृषि विकाश शाखाका प्रमुख धनराज शर्माले तुलसीपुरको कृषि तथ्यांक प्रस्तुत गरेका थिए । तथ्यांकमा उनले हाल तुलसीपुरमा १७ हजार हेक्टर खेतियोग्य जमिन मध्ये १० हजार हेक्टरमा धानखेति हुंदै आएको उल्लेख गरे । कार्यक्रमको सहजिकरण वडा सदस्य दुजमान भण्डारीले गरेका थिए ।
औपचारीक कार्यक्रमसंगै नगरप्रमुख पाण्डे, उपप्रमुख शर्मा लगायत विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरु समेत धान रोपाइमा सहभागी रहेका थिए । मेयर पाण्डेले आधुनिक कृषि प्रणालिको स्वागत गर्दै मिनि ट्रेलरले जोतेर डेमो देखाएका थिए । गरा सम्याउनका लागि हलगोरुसंगै आधुनिक कृषि प्रणालिको डेमोका रुपमा गरा सम्याउने मिनि ट्रेलरको समेत प्रदर्शन गरिएको थियो ।