२०७८ साउन २० गते बुधवार

सरकारको टिनको आशले चौधरीको घर भप्कियो

घर भप्कियो बिचल्लीमा परेको चौधरी परिवारलाई काँग्रेस कार्यकर्ताको सहयोग

फोटो ः फरककोण ।

तुलसीपुर, असार ४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लक्षिणपुर निवासी एकल महिला रामपति चौधरीको घर भप्किएपछि नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले सहयोगी हात बढाएका छन् ।

वडा कार्यालयले टिनको आश देखाएपछि रामपतिले खरको छानो फालेकी थिइन ।

टिनको छानो लाउने सपना सजाएकी रामपति चौधरीको घर टिन नपाएर भत्किएपछि शुक्रबार स्थानीय नेपाली काँग्रेसका नेताहरुले मिलेर चौधरी परिवारलाई आर्थिक, खाद्यान्न साहेता प्रदान गरेका हुन ।

चौधरी परिवारको दयनिय अवस्था देखेर स्थानीय काँग्रेसका युवा नेता खिम वलीको आह्वानमा शुक्रबार बिहान लक्षिणपुरमा भेला भएका काँग्रेस नेता कार्यकर्ताले नगद १७ हजार ५ सय, तीन टयाक्टर इट्टा र केही खाद्यान्न सहयोग प्रदान गरेका हुन । तुलसीपुर १६ का वडा इकाई सभापति ज्ञानबहादुर केसीले पीडित रामपति चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेविसंघका नेता अरुण लहरेले झन्डै ३ हजार ५ सय मूल्य बराबरको चालम लगाएका खाद्यान्न सहयोग स्वरुप प्रदान गरेका थिए ।

त्यस्तै हनुमान इट्टा उद्योगका प्राप्राइटर मोहन घर्तीले निशूल्क ३ ट्याक्टर इट्टा घर निर्माणका लागि दिने घोषणा गरेका छन् ।

पीडित चौधरी परिवारलाई स्थानीय काँग्रेसका युवा नेता खिम वलीले ३५ सय, कलाधर आचार्य १५ सय, एकराज आचार्य १५ सय, यज्ञबहादुर केसी १ हजार, यमप्रशाद खड्का १ हजार, लिलाधर वली १ हजार, मुक्तबहादुर डिसी १ हजार, प्रलाद देवकोटा १ हजार, ज्ञानबहादुर केसी १ हजार, यज्ञमुर्ती गौतम १ हजार, श्रीधर देबकोटा १ हजार र रुद्र केसीले १ हजार सहयोग गरेका थिए ।

त्यस्तै काँग्रेस नेता गणेश चौधरी ५ सय , टंक वली ५ सय, जालिम वली ५ सय, चन्द्रबिर खड्का ५ सय स्वच्छिक सहयोग प्रदान गरेका थिए ।

काँग्रेस नेता कार्यकर्ताले सहयोग जुटाएर बिपन्न चौधरी परिवारको घर निर्माण कार्यमा सघाउने समेत आश्वासन दिएका छन् ।

रामपति चौधरीका अनुसार वडा कार्यालयका मानिहरु आएर गत जेठमा उनको खरको छानो युक्त घर हटाउन लगाएका थिए । खरको छानो फालेर घरको गारा अलि माथि गाह्रो उठाए छाउने टिन दिने आश स्थानीय जनप्रतिनिधिले देखाएर अनुरुप आफुले काम गरेपनि आज सरकारले आफुलाई बिचल्लीमा पारेको उनले बताइन ।

‘खर फाल टिनको छानो हाल्दिन्छम भने,’ रामपतिले भनिन् ‘ तर, म जति धाएपनि टिन दिएनन् र मेरो घर भत्कियो ।’ रामपतिलाई स्थानीय जनप्रतिनिधि र कर्मचारीले दिएको आश्वासन अनुसार एक महिना अगाडि तुलसीपुर आएर बैंकमा समेत खाता खोलेकी थिइन ।

टिन लगाउने पैंशा त्यसमै आउँछ भनेपनि पैंशा नदिएको र आफ्नो घर धप्किएको उनले गुनासो गरिन ।

उनको घर असार ३ गते बिहान भत्किएको थियो । अति बिपन्न चौधरी परिवार बसेको जग्गा उनको आफ्नो होइन । उनीहरुको नाममा आजसम्म एक टुक्रा जमिन पनि रहेको उनले बताइन ।

घर धप्किएपछि हाल चौधरीको ६ जनाको परिवार बुहारीको झिंगटीले बारेको छाप्रोमा बस्दै आएको छ ।

त्यो, घरपनि पानी पसेर चिसो छ । जहाँ साना बालबालिका पनि छन् । तर, उनीहरु संग सुत्नलाई एउटा खाटपनि छैन । न न्यानो कपडा नै छ । बस्तु चौपाया संगै उनीहरुले रात बिताउनु पर्ने बाध्यता रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *