२०८१ चैत्र ९ गते शनिवार

पछिल्लो २४ घण्टामा थपिए ७४२५ कोरोना संक्रमित, निको भए ७१३५ जना

काठमाडौं, जेठ १०। पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षणमा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन्। यो सँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *