२०८१ चैत्र ३ गते आइतवार

भोलिदेखि मौसम बद्ली, केही ठाउँमा ठूलो पानी पर्ने

जेठ १० । देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि देशभर फेरि मौसम बद्ली हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने जनाएको छ ।

भोलि दिउँसो देखि देशका धेरै ठाउँमा सामान्यदेखि पूर्ण बद्ली भइ वाग्मती प्रदेश र प्रदेश-१ का हिमाली र उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ ।

यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाउन अनुरोध गरेका छ ।

यस्तै, पर्सी बुधवार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । प्रदेश-१, प्रदेश २ तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने बिभागले जनाएको छ ।

यस्तै बिहीवार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै, प्रि-मनसुनको यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी समेत पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बिभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *