२०८२ जेष्ठ ११ गते शुक्रवार

कतिलाइ पर्यो सिइडिबी हाइड्रोपावरको सेयर, यसरी हेर्नुहोस

काठमाडौं, वैशाख ३१। सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ। उक्त आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्। तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो।

बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।

आवेदकले नतिजा आइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपीबाट हेर्न सक्नेछन्। नतिजा भने शुक्रबार साँझबाट मात्रै हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *