२०८१ चैत्र ९ गते शनिवार

घरमै अक्सिजन ग्यास कसरी उत्पादन गर्ने ? (भिडियो सहित)


दाङ, बैशाख २६ । यतिखेर कोभिड–१९ का बिरामीलाई अस्पतालमा बेड पाउन र अक्सिजन सिलिण्डर पाउन निकै समस्या रहेको छ । बायु ग्यास भनिने अक्सिजन सर्वशुलभ रुपमा उपलब्ध हुन नसक्दा कोभिडका बिरामी छटपटाई रहनु परेको अवस्था छ ।

यस्तो बेला दाङ तुलसीपुरका एकजना बिज्ञान शिक्षकले घरमै कसरी अक्सिजन ग्यास उत्पदान गर्न सकिने बिधि पत्ता लगाएका छन् । तुलसीपुरस्थित संस्कार पाठशालामा बिज्ञान बिषय पठाउने सुनिल शर्मा (रमाकान्त)ले कोरोना संक्रमित बिरामीका लागि घरमै सामान्ने तरिकाले अक्सिजन उत्पादन गरी बिरामीको ज्यान जोगाउन सकिने बताएका छन् ।

घरेलु बिधिबाट अक्सिजन उत्पादन गर्न एउटा प्लाष्टिकको बोत्तल, एउटा आल्मुनियमको रड, एउटा बाल्टिङमा नुन पानी, ब्याट्री, तार र उत्पादन भएको अक्सिजन ग्यास बिरामीको नाकसम्म लगाउनका लागि एउटा पाइप भए पुग्ने शर्माले बताए ।

शर्माका अनुसार प्लाष्टिकको बोत्तलमा पिंधतिर ठाउँ ठाउँमा प्वाँलहरु पार्नु पर्छ । त्यस भित्र एउटा अल्मुनियमाको रड राख्ने र त्यसलाई पोष्टयू कनेक्सन त्यो अल्मुनियको रडमा दिनुपर्छ ।

पाइप घुसाउनका लागि खोलेको बोत्तलको बिर्किमाथि लिक हुन नपावस भनेर ट्यूब राख्ने । त्यो प्वाँलबाट उत्पादित अक्सिजन लिक हुन नपावस भनेर त्यसलाई एमसिईले राम्रो संग बन्द (जाम) गर्ने । बोत्तलको केही माथि त्यस्तै अर्कौ प्वाँल बनाउने र त्यसलाई पनि त्यसैगरी बन्द गर्ने । त्यो प्वाँल हुँदै पाइनप बाट हाइड्रोजन बाहिर फाल्नु पर्छ । किनकी, यहाँ चाहिएको अक्सिजन मात्रै हो । हाइड्रोजन हैन ।

त्यो बोत्तल पानीले लकभक भरिएको एउटा बाल्टिङ भित्र राख्ने । जति पानी बाल्टिङमा हुन्छ त्यही बराबरको पानी बोत्तलमा पनि आएको हुनुपर्छ । त्यस बाल्टिङ मित्रको बोत्तलमा कम्तिमा पनि १२ भोल्टेजको ब्याट्रीबाट बिद्युत प्रबाह गरिएको हुन्छ ।

त्यसले अक्सिजन उत्पादन सुरु हुन्छ । यो बिधिबाट लकभग सतप्रतिस अक्सिजन उत्पादन गर्न सकिने शर्माले बताए । ‘हाम्रो बायूमण्डलमा जम्मा २१ प्रतिसत मात्रै अक्सिजन पाइन्छ ,’ उनले भने ‘ तर, यो बिधिबाट लकभग ९९ प्रतिसत अक्सिजन उत्पादन गर्न सकिन्छ ।’

त्यसरी उत्पादित अक्सिजन मास्कमा सानो प्वाँल बनाएर बिरामीलाई नाक मार्फत दिन सकिने शर्माले बताए । यद्यपी यो बिधि कसरी सुरक्षित छ ? र यसरी बिरामीलाई अक्सिजन दिन मिल्छ वा मिल्दैन भन्ने बारे सम्बन्धित क्षेत्रका चिकित्सकबाट यसको पुष्टि हुन भने बाँकी नै छ ।
तर, शर्माको दाबी भने बिरामीलाई कुनै असर नगर्ने भन्ने रहेको छ ।

‘बिरामीलाई अस्पताल सम्म नपु¥याउँदा सम्म अक्सिजन दिन सकियो भने बिरामीको ज्यान जोगिन्छ,’ शर्माले भने ‘ त्यसो गर्न सकियो भने ठूलो प्राथमिक उपचारको काम गर्ने छ ।’

१२ भोल्टेजको ब्याट्री उपलब्ध नभएमा ल्यापटप,, मोबाईलको चार्जर, चार्ज वाला टर्चको ब्याट्री, सोलार, मोटरसाईकल, मोटरगाडी, टर्चलाईटको व्याट्रीबाट पनि काम चलाउन सकिने उनले बताए ।झन्डै ५ लिटरको बाल्टिङबाट झन्डै दूई तीन घन्टा अक्सिजन उत्पादन गर्न सकिने शर्माले दाबी गरे ।

अल्मुनियमको रडको ठाउँमा सिल्टिको प्लेटको टुक्रा काटेर पनि राख्न सकिने शर्माले बताए । त्यो बाहेक फलामको रडपनि राख्ने सकिने भएपनि त्यसबाट अलि ढिला मात्रै अक्सिजन उत्पादन हुने जानकारी दिए ।

त्यस्तै नुन पानीको ठाउँमा उपलब्ध भए कागती पानीको मिस्रन गराउँदा अक्सिजन उत्पादन गर्न झनै सहज हुने उनले बताए । उनले सौचालय सफा गर्ने क्याष्ट्रिक सोडापनि पानीमा राख्न सकिने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *