२०८२ असार ७ गते आइतवार

बिरामीको मृत्यु पछि भेरीमा स्वास्थ्यकर्मीमाथि हातपात

दाङ, बैशाख २५ । कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले गर्दा भएको भन्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।

भेरी अस्पतालको इमरजेन्सी बिभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको घटनाको अस्पताल प्रशासनले निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेको छ ।

अस्पताल बिकाश समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका सदस्य सचिव डा. प्रकाश थापाले हल्थ अशिष्टेन्ट शाहीमाथि भएको हातपात र दुब्र्यबहारको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेका छन् ।

अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ ।

धिताल र थापाले कोभिड–१९ को महामारीबाट बिरामीलाई बचाउन रातदिन सेवा गरिरहेका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उच्च मनोवल गर्नु पर्नेमा त्यसबिपरीतका गतिबिधि हुनु दुःखद भएको उल्लेख गरेका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३÷४ जनाको समुहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए ।

कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले गर्दा भएको भन्ने आरोप लगाउँदे श्वास्थ्यकर्मीमाथि हातपात हुनुले असुरक्षा महसुश भएको भन्दै अस्पताल प्रशासलने भरपर्दौ सुरक्षा ब्यबस्थाको माग पनि गरेको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *