२०८१ बैशाख ८ गते शनिवार

सेनाको आँखा छल्न साईकलको सिटमुनी समाचार लुकाएर लमही पुग्ने दामोदर


तुलसीपुर, बैशाख ८ । २०६२ साल फागुन २६ गते दिउँसो सेनाले चलाएको गोली लागेर दाङको घोराहीमा उमेशचन्द्र थापाले साहादत प्राप्त गरे । तत्कालिन समयमा शाही सरकारले स्थानीय निकाएको निर्वाचन गराउँदै थियो । त्यसको विरोधमा राजनीतिक दलहरु आन्दोलनमा थिए । सरकारले आन्दोल दवाउन कफ्यू लगाएको थियो ।

कफ्यूको अबज्ञा गर्दै घोराहीमा राजनीतिक दलहरुको पर्दशन सुरु भयो । दिउँसो साढे १२ बज्दै गर्दा पर्दशनकारी माथि संयुक्त सुरक्षा फौजले गोली चलायो ।

थापाले सहादत प्राप्त गरे । थापा २०६२÷०६३ को जनआन्दोलका नेपालकै पहिलो शहिद हुन । घोराहीकै कृष्ण गिरी घाइते भए । गोली लागेर उनको शरिर अंगभंग छ । हिड्डुल गर्न सक्दैनन् । जस्लाई आजपनि ज्यूँदा शहिदको उपमा दिने गरिन्छ ।

त्यतिखेर स्थानीय प्रशासनले तुलसीपुर र घोराही क्षेत्रमा टेलिफोन बन्द गराएको थियो । सञ्चारमाध्यमहरुमा सेनाको पहरा हुन्थ्यो । सेनाले न्यूज सेन्सर गरेर मात्रै रेडियोमा समाचार बजाउन पाइन्थ्यो ।

सरकारी मिडियाले घोराहीको घटनाबारे समाचार बजाउने कुरै थिएन । अन्य ठाउँमा समाचार पठाउन अहिले जस्तो इमेल इन्टरनेट थिएन । सामाजिक सञ्जालको प्रचलन थिएन । हस्तिलिखित सामाग्री फ्याक्स गर्नु पर्दथ्यो ।

अर्कौ तर्फ सेना परिचालन भएको अवस्था थियो । यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो । गाडी मोटर चलेका थिएनन् । घटनापछि दौडिएर नेपाल पत्रकार महासंघका अहिलेका अध्यक्ष विपुल पोखरेल र नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतम आफु कार्यरत स्वर्गद्धारी एफएममा पुगे ।

पोखरेल र गौतमले घटनालाई कसरी राष्ट्रियकरण गर्न सकिन्छ भन्ने बारेमा सल्लाह गरे ।समाचार तयार पारे । तुलसीपुर र घोराहीमा टेलिफोन सेवा काटिएको भएपनि लमहीमा काटिएको छैन भन्ने तथ्य उनीहरुले पत्ता लगाए ।

तर, कसरी र कहाँबाट त्यो समाचार फ्याक्स गर्ने ? अन्यौंलता सृजना भयो । त्यही बीचमा घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका दामोदर अधिकारी स्वर्गद्धारी एफएम नेर पुगे ।

पोखरेल र गौतम बीचमा समाचार कहाँ बाट र कसरी केन्द्रसम्म पु¥याउने भन्ने छलफल चलिरहेको सुनेपछि अधिकारीले समाचार लगेर आफु साईकलमा लमही जाने दृढता व्यक्त गरे ।

‘ लमहीका टेलिफोन संचालनमा छन भन्ने थाह भयो । हामीले समाचार तयार पार्यौं । सवै राष्ट्रिय संचारमाध्यममा र बीवीसीको नेपाल स्टुडियोसम्म पु¥याउने लक्षसहित सवै फ्याक्स नम्वर खोजेर तयार गर्यौं । अब कसरी पु¥याउने ?,’ गौतमले तत्कालिन परिस्थिति सम्झिए ‘ तर, हाम्रो कुरा सुनेर एकाएक दामु तयार भए । दाइ म लमहीसम्म जसरी पनि पु¥याउँछु भने । हामीले उनलाई कसरी पु¥याउछौं भनेर सोध्यौं ? साधन छैन, सेनाको गस्ति छ । अनि अधिकारीले जवाफ दिएछन् – दाइ म साईकलवाट जान्छु , हाप पाइन्ट लगाएको छु । सेनाले सोध्यो भने मजुदुरी गरेर फर्केको भन्छु ।’

यति भनेर अधिकारी एटलस साईकल लिएर आए । त्यही साईकलको सिट मुनि समाचार लुकाउन कोचेर राखे । एक्लै साईकल लिएर निश्किए । घोराहीदेखि २४ किलोमिटर टाढा अजंगका पहाड र उकाली वराली छिचोल्दै लहमी पुगे । लमही आउन जान उनले झन्डै ५० किलोमिटर बढीको यात्रा सामान्ने साईकलमै गरे ।

‘उनी सेनाको राईफल छिचोल्दै काम फत्ते गरेर सोही दिन राति घर फर्किए,’ गौतमले समाजिक सञ्जालमा लेखेका छन् ‘ज्यान हत्केलामा राखेर संगै पत्रकारिता गरेको पृय मान्छे तिमिलाई हार्दिक श्रद्धाञ्जली।’

ऋधिकारीले झन्डै ४ बर्ष विपुल पोखरेलको पत्रिका गोरक्ष राष्ट्रिय दैनिकमा काम गरेका थिए । उनी फागुन २५ गतेको निर्वाचनमा नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा भएको निर्वाचनमा मतदान गर्न पनि आएका थिए ।

आफुलाई अलि सञ्चो नभएको कुरा उनले सोही दिन साथभाइ संग पनि व्यक्त गरेका थिए । साथी भाइसंग हात नमिलाई नमस्ते गर्दै हात हल्लाउँदै अभिभादन गरेका थिए । चैत २६ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानामा पिसिआर चेकअप गरे । कोरोना भाइरसको संक्रमन पुष्टि भयो । अनि उनलाई कोरोनाले सिथिल बनाउँदै लग्यो ।

बैशाख ३ गते हेलिकोप्टर चार्टर गरि उनलाई उपचारका लागि काठमाडौं पु¥याइयो । त्यही उनको उपचारका क्रममा मंगलवार राति मृत्यु भयो ।

पछिल्लो समय विमा कम्पनीमा कार्यरत थिए । ४१ बर्षीय अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी रहेको पारिवारीक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस
  1. बसन्तराज अधिकारी says:

    भावपुर्ण श्रद्धाञ्जली बाबू 😭 मृतात्माको बैकुण्ठ बाँस होस् ! शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना 😭 RIP 😭

  2. Narayan Prasad Sharma says:

    लाेकतन्त्र स्थापनाका लागि दामाेदरजीकाे ठूलाे याेगदान रहेछ ।असामयिक निधन प्रती हार्दिक श्रद्धाञ्जली

Leave a Reply to Narayan Prasad Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *