२०८१ जेष्ठ १३ गते आइतवार

जो आज स्कूल बस गाउँ पुग्दा बहिनी संझेर रोए 

तुलसीपुर, चैत ११ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेशपुरका २१ बर्षीय प्रबिण केसी बुधवार विद्यालयको बस गाउँमा पुग्दा बहिनीलाई संझेर रोई बसे ।

मंगलवार एका बिहानै मात्रै पब्लिक ज्ञानज्योति स्कूलमा कक्षा ११ मा अध्यनरत उनकी बहिनी १८ बर्षीया संजनाको स्कूलबस दूर्घटनामा मृत्यु भएको थियो ।

 

संजना ज्ञानज्योतिमा कम्यूटर साईन्स पढिरहेकी थिइन । घर टाढा रहेको हुँदा उनी स्कूल बस चढेर बजार आउँथिन ।

तर, मंगलवार उनको दूर्घटनामा परि मृत्यु भयो ।

उनी प्रबिणकी एक्ली बहिनी हुन। अघि पछि जस्तै गरि बुधवार फेरि बस एकाबिहानै बिद्यार्थी ल्याउन भनेर गणेशपुर गाउँ पुग्यो । स्कूल बस देखेर प्रबिण बहिनी संझेर रोए ।

‘स्कूल बस देख्दा बहिनीको यादले रुवायो, म बिहानै बस देख्दा रोए,’ प्रबिणले भने ‘ अब मैले तिहारमा को संग टिका लगाउने हो ।’

संजना आफ्नी आमा माया केसीसंगै बिहानै ४ बजे उठेर कलेजको लागि तयारी गर्छिन । ‘मम्मि भैंसी दून थाल्दा बहिनीले पूजा गर्न थाल्थी,’ काठमाडौंमा अध्यनरत प्रबिणले भने ‘ सारै सुशील थिइ, म संगै कहिलै झर्केरपनि बोलिन ।’

प्रबिणका बुवा ढकबहादुर केसी बैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् ।

आफुहरुको शिक्षा दिक्षाको लागि बुवा दुई बर्ष पहिले बुवा कतार गएको छोरा प्रबिणले बताए ।

 

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *