२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा अत्याधुनिक मिडिया सेन्टर खोल्ने नगरप्रमुख पाण्डेको आश्वासन

तुलसीपुर,चैत ७ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा अत्याधुनिक मिडिया सेन्टर खोल्नका लागि प्रस्ताव गरेका छन ।

उनले पत्रकारहरुलाई सूचना संकलन र सम्प्रेषणका लागि सहज होस भन्नका लागि आधुनिक उपकरण जडित सुविधायुक्त मिडिया सेन्टर सञ्चालन गर्न उपमहानगरपालिका तयार रहेको उनले बताए ।

‘तपाईहरु योजनाका साथमा आउनुहोस हामी तत्काल प्रक्रिया अगाडी वढाउने छौ,’ पाण्डेले भने ।

विभिन्न क्षेत्रमा निर्वाचित र मनोनित भएका पत्रकार तथा मानव अधिकारकर्मीहरुलाई सम्मान गर्न शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख पाण्डेले स्थानीय सरकारलाई सुशासनयुक्त वनाउनका लागि मिडियाको भुमिका अहम हुने बताए ।

उनले मिडियाको भुमिकालाई वलियो वनाउनका लागि स्थानीय सरकार प्रमुखको हिसावले आफु प्रतिवद्ध रहेको वताए ।

उनले मिडियाले नकारात्मक कुरा मात्रै नगरेर सकारात्मक पहलका कुरापनि गर्नुपर्ने बताए ।

कार्यक्रममा सम्मानित व्यक्ति सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई समुदायमुखी वनाउनका लागि पहल गर्ने वताए ।

उनले स्थानीय सरकारका गतिला कामको चर्चा कम हुने गरेको भन्दै सामुदायिक रेडियोहरुलाई त्यसतर्फ अगाडि वढ्नका लागि उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले सामुदायिक रेडियोहरु कोभिड –१९का संक्रमण संगै धेरै समस्या व्यहोरेको भन्दै जिल्लाका पत्रकारहरुको क्षमता विकासका लागि तालिम आवश्यक रहेको र त्यसमा स्थानीय सरकारले पहल थाल्नुपर्ने धारणा राखे ।

प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारितलाई अनुशासित वनाउनका लागि वलियो भुमिका निर्वाह गर्ने वताए ।

मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल वस्नेतले मानव अधिकारका मुद्दाहरु अझै सशक्त ढंगले उठ्न नसकेको भन्दै आफुले भुमिका वहन गर्ने वाचा गरे ।

नेपाल पत्रकार महासंघ सहसचिव शर्मिला डिसीले विभिन्न क्षेत्रमा महत्वपूर्ण पदमा निर्वाचित भएकाहरुलाई शुभकामना दिएकी थिइन । नगर प्रवक्ता सुर्यवहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वसन्त आचार्यले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *