दाङ, चैत ४ । बाँकेकी १६ बर्षीया एक किशोरीलाई जवरजस्ती होटेलमा लगि बलात्कारको प्रयास गर्ने युवक पक्राउ परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमाहानगरपालिका वडा नं। ४ घरबारी टोलका २० बर्षीय जुनेद हलवाईलाई प्रहरीले घटनाको तीन महिना पछि मंगलवार पक्राउ गरेको हो ।
बुधवार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय बाँकेले अभियुक्त हलवाईलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले माघ १६ गते दिउँसो साढे २ बजेतिर हलवाईले नेपालगञ्ज ४ बसपार्क स्थित औंसे बिष्टले सञ्चालन गरेको अछामे मेचीकाली होटेलको २०२ नम्वर कोठामा लगेर किशोरीलाई जवरजस्ति बलात्कारको प्रयास गरेको अभियोग रहेको जानकारी दिए ।
विद्यालयबाट फर्किदै गरेकी ती छात्रालाई हलवाईले जवरजस्ति हात समातेर तान्दै होटेलमा पु¥याई जवरजस्ति बलात्कारको प्रयास गरेको र उनले प्रतिबाद गर्न खोजेपछि उनकै घाँटीमा सल ९चुन्नी०ले कसेर बेहोस बनाई भागेको एसपी रानाले बताए ।
होटेलबाट हलवाई निस्केपछि होटेल सञ्चालकले ती किशोरीलाई बेहोस अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खवर गरि उद्धारका लागि हस्पिटल पु¥याएका थिए ।
घटना पछि फरार रहँदै आएका हलवाईलाई मंगलवार राति साढे ११ बजेतिर नेपालगञ्ज १५ जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हलवाईलाई भारतीय प्रहरीको सहयोगमा बाँके जिल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ ।