२०८१ चैत्र १४ गते बिहिवार

बाघ आक्रमणमा महिलाको मृत्यु

बर्दिया,चैत ४ । बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरोको साग टिप्न गएकी एक महिलाको बाघ आक्रमणमा परी ज्यान गएको छ ।

निकुञ्जको बघौरा क्षेत्रमा पुगेकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणमा मृत्यु भएको हो ।

निकुञ्ज भित्र समूहमा साग टिप्न गएका मध्ये एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए ।

एक जनालाई बाघले समातेपछि भागेका अन्य ३ जना महिलाले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेपछि उद्धारका लागि पुगेका सुरक्षाकर्मीको टोलीले महिलाको शव फेला पारेको हो ।

पछिल्लो समय बर्दियामा बाघले मानवीय लगायत पशुधनमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि स्थानीयले बाघ नियन्त्रणका लागि माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *