बुटवल, फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।
बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन ।
‘जरूरी पर्यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ,’ प्रचण्डले भने ‘ तर त्यो आन्दोलन हिंसात्मक हैन, शान्तिपूर्ण रुपमा हुने छ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भइरहेको दाबी गरे ।
संविधानको रक्षा गर्ने कि हत्या रु भन्नेबारे ठूलो बहस चलिरहेको भन्दै उनले सचेत रहन आग्रह गरे ।
लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चिएर तानाशाही प्रवृत्ति देखा परे त्यो स्वीकार्य नहुने उनले बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार