२०८१ जेष्ठ १५ गते मङ्गलवार

विप्लब नवलपरासीका सहिद परिवारलाई भेटेर काठमाडौं हिडे

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) शुक्रबार बिहान नवरपरासीबाट काठमाडौं प्रस्थान गरेका छन् ।

दूई बर्ष अघिदेखि भूमिगत उनी पहिलो पटक नवपुरमा शुक्रवार सार्वजनिक भएका हुन ।

नवलपुरमा बिहान विप्लवले सहिद फूलमाया सारू ९रमा०को परिवारलाई भेटघाट गरि काठमाडौं प्रस्थान गरेका छन् ।

विप्लव निकटको जनपत्रकार संगठनका पूर्व अध्यक्ष प्रकाश डुम्रेले विप्लवको तस्बिर सार्वजनिक गर्दै उनी नवलपुरबाट काठमाडौं हिँडेको जानकारी दिएका छन् ।

 

सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध पनि फुकुवा भइसकेको छ ।

सहमति अनुसार शुक्रवार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै छन् ।

बिप्लव सोही कार्यक्रमका लागि काठमाडौं तर्फ लागेका छन् ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *