तुलसीपुर, फागुन १६ । आइतबार बेलुकी पख म तुलसीपुरको डुर्मी गाउँस्थित दिदी घरमा पुगे । निम्तो अघिल्लो दिन नै थियो । दिदी घर सञ्चालक श्यानी चौधरीले दिउँसो फेरि फोनको घन्टी बचाउँदै निम्तो दिनुभयो ।
त्यतिबेला म साथीहरु संग दंगिशरणको गोलटाकुरी पछि तुलसीपुरको फूलबारीस्थित बराहखुटी पुगेको थिए ।
चौधरीले बेलुका आउनुहोला– अरु केही दूई तीन जना पाहुना पनि आउँदै हुनुहुन्छ भन्ने खवर गर्नु भयो । त्यो भन्दा बढी कुरा खोल्नु भएन । मैले पनि सोधिन ।
दिदी घरमा म पुग्दा बेलुका साढे ५ हुँदै थियो । जहाँ दाङका प्रमुख जिल्ला अधिकारी (जस्को सरुवा भइसकेको छ) जयनारायण आचार्य, महिला अधिकारकर्मी तथा नेपाली काँग्रेसकी नेतृ सुष्मा गिरी, पत्रकार शरद रेग्मी, श्यानी चौधरी र बच्चा बच्चि एउटै कोठामा बसेको देखे ।
नमस्कार गर्दै म भित्र पस्दा सबैले स्वागत गरे । म पुग्दा सबै खाजा खाँदै कुरा गरिरहेका थिए । सबै आमने सामने थिए ।
प्रजिअ आचार्यले दिदी घर संस्थाले आश्रय दिइ शिक्षा दिक्षा दिदै आएका अनाथ बालबालिकाका कुरा अभिरुची पूर्वक सुनिरहनु भएको थियो ।
उनीहरुका बीचमा पहिले देखि कै चिनजान भए जस्तै गरि गफगाफ चलिरहेको थियो । प्रजिअले सामान्ने रुपमा अंग्रेजी नेपालीमा बालबालिका संग कुराहरु सोधिरहेका थिए । ह्वाट इज योर नेम ? ह्विइच कलास डू यू रिड ? कक्षामा को को फष्ट आयौ ? यस्तै यस्तै ।
खाजा खाइ सकेपछि प्रजिअ आचार्य बालबालिकाकै ठाउँमा पुगेर बीचमा बस्नु भयो । बालबालिकालाई सुमसुम्याउनु भयो । बालबालिकाले पनि उहाँलाई त्यस्तै माया दर्शाए ।
त्यही बीचमा अन्दाजी ६÷७ बर्षीया सुप्रिया बिकले प्रजिको छातिमा लगाएको नेपालको राष्ट्रिय झण्डाको लोगोलाई यो के हो ? भनेर सोधिन ।
त्यत्तिकैमा प्रजिअले लाने हो ? भनेर सोध्नु भयो । प्रियाले पनि तत्कालै दिनुस न भनिहालिन ।
प्रजिअले आफ्नो छातिको कोटमा टाँगेको उक्त लोगोको पिन निकाल्नु भयो । र तुरुन्तै प्रियाको छातिमा टाँगिदिनु भयो ।
‘यति सानैमा राष्ट्रिय झण्डाको लोगो माग्ने प्रिया भबिस्यमा साँच्चि असल मान्छे बन्नु है,’ प्रजिअले भन्नु भयो ‘ अहिले नै लक्षण हेर्दा त भविष्यमा निजामति कर्मचारी हुने लक्षण देखिएको छ । राम्रो संग पढ्नु है ।’
प्रजिअको उपहारले प्रिया प्रफूल्ल थिइन । प्रजिय अरु बालबालिकासंग पनि त्यसैगरी प्रस्तुत भएको देखिन्थ्यो ।
महिला अधिकारकर्मी सुष्मा गिरीले प्रजिअको ब्यबहारको प्रशंसा गरिरहनु भएको थियो । बेसाहारा बालबालिको भविस्यको लागि सबैको सहयोगको आवश्यकता उहाँले औंल्याउनु भयो ।
दिदी घरका सबै बालबालिकाले छुटिदा पनि आत्मियता दर्शाय । नमस्ते र बाइबाई गर्दै हात हल्लाई रहेका थिए । फेरि आउन निम्ता गरिरहेका थिए ।
पछि अधिकारकर्मी सुष्मा गिरीले प्रजिअ आचार्यले बालबालिका प्रति दर्शायको प्रेमभावको हामी माझ खुलेर प्रशंसा गर्दै हुनुहुन्छ ।
तर, प्रजिअ आचार्यले भने दिदी घरकी सञ्चालिका श्यानी चौधरीले गरेको कार्य मानबताको एउटा उच्च नमुना भएको बताउँदै हुनुहुन्थ्यो ।
‘मानवताको नाता नै सबै भन्दा ठूलो नाता हो,’ प्रजिअ आचार्यले भन्नु भयो ।
सबै तस्विरहरु – शरद रेग्मी