२०८१ असोज ४ गते शुक्रवार

मेटमणि चौधरीले चर्चका लागि २ बर्षमा १५ लाख बजेट दिए


देउखुरी , मंसिर २२ । दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीहरूको लागि चर्च निर्माण गर्न अहिलेसम्म १५ लाख छुट्याएका छन । चौधरीले अघिल्लो बर्ष दस लाख रुपैंया छुट्याएका थिए । फेरि यसपाली थप ५ लाख दिएका छन् । कुल १५ लाख रुपैया बजेट उनले चर्चका लागि छुट्याएका छन् ।नेकपा नेता समेत रहेका चौधरीले पूर्वाधार विकाश कोषमार्फत खर्च गर्नुपर्ने चार करोड बजेटबाट दूई बर्षमा १५ लाख बजेट दिएका हुन ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ४ करोड रकममध्ये चौधरीले गत आर्थिक बर्षमा लमही नगरपालिका वडा नं. ६ स्थित देउखुरी प्रार्थना मण्डली, खैरीको भौतिक पूर्वाधार निर्माण गर्न भन्दै दशलाख बजेट प्रदान गरेका थिए । त्यसैगरी चालु आर्थिक बर्षमा सोही मण्डलीको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उनले थप ५ लाख बजेट छुट्याएका छन् ।

थारु समुदायवाट निर्वाचित सांसद चौधरीले आफ्नै समुदायको भूँयार थान निर्माणका लागि भने एक रुपैंया बजेट नछुट्याएपछि आलोचना सुरु भएको छ ।‘थारु जातिको लागि राज्यले धेरै बजेट दिँदै आएको भएपनि किश्चियनहरूको चर्चलाई कसैले बजेट नदिने हुँदा आmफुले दूई बर्षमा १५ लाख बजेट दिएपछि क्रिश्चियन समुदायका मानिस खुसी भएको चौधरीले प्रतिक्रिया दिए । दाङको देउखुरी थारु बहुल क्षेत्र हो । जहाँ बहुसंख्यक थारुको बसोबास देउखुरी क्षेत्रमा रहेको छ।

त्यस्तै, सांसद चौधरीले सबैभन्दा बढी उचा निम्बु धारपानी मन्दिर नँया ट्रयाक खोल्नका लागि ५० लाख, नेपाल नेत्र ज्योति संघ लमही र देउखुरी बहुमुखी क्याम्पसको भौतिक निर्माणको लागि २०÷२० लाख बजेट छुटयाएका छन् ।

उनले अधिकांश बजेट शिक्षा र सडक तर्फ विनियोजन गरेको देखिएको छ । उनले गतबर्षका कतिपय योजनालाई यसपाली पनि निरन्तरता दिएका छन । चौधरी बाहेक दाङमा अन्य कुनैपनि प्रतिनिधिसभा सदस्यहरूले चर्चको लागि हालसम्म बजेट विनियोजन गरेका छैनन् ।

तत्कालिन नेकपा एमालेका दाङ जिल्ला इञ्चार्ज र हाल नेकपा दाङका सह–इन्चार्ज रहेका चौधरीले आफ्नो प्रमुख चुनावी नारा खरको छानो विस्थापित गर्ने बनाएका थिए । तर, उक्त शिर्षकमा उनले एक रुपैंया पनि बजेट छुट्याएको देखिएको छैन । त्यस्तै उनले भूमिहिनलाई लाल पूर्जा दिने आश्वासन पनि खुबै बाँडेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *