२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुर उपमहानगरको सुत्केरी भत्ताले न्यानो कपडा

फाइल तस्विर


तुलसीपुर, मंसिर २१ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ की शारदा घर्ती ५ वर्षपछि दोस्रो पटक गर्भवती भइन् । पहिलो पटक गर्भवती हुँदा निकै सास्ती खेपेकी उनलाई यसपटक भने खासै दुःख नभएको बताइन् । ‘सरकारी अस्पतालमा राम्रोसँग बच्चा जन्मियो’ २० दिने सुत्केरी घर्तीले भनिन् । उनले समयमै स्वास्थ्य जाँच गरेकाले बच्चा स्वस्थ जन्मिएको र आफूलाई पनि धेरै कष्ट नभएको बताइन् । घर्तीले सुत्केरी भत्ता बाफतको रकमले जाडोमा न्यानो कपडा किन्नेसमेत बताइन् ।

यस्तै सुखद् अनुभूति छ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ की गोमा केसीको पनि । पहिलो पटक बच्चा जन्माउन लागेकाले उनलाई मनमा डर लागिरहेको थियो । ‘तर मैले मान्छेले भनेजस्तो कष्ट सहनु नपरेको बताइन् । सरकारी अस्पतालमा स्वस्थ वच्चा जन्माएकी केसीले जाडो समयमा सुत्केरी भत्ताको रकमले न्यानो कपडा किन्न सजिलो भएको बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने क्रम निकै बढेर गएको छ । सुत्केरी भत्ता पाउने आशामा महिलाहरुले सुत्केरी हुनुभन्दा अघि अनिवार्य रुपमा चारपटक गर्भजाँच गराउने गरेका छन् । ‘मातृशिशु मृत्युदर ह्वात्तै घटेर गएको छ’ स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । उनले सुत्केरी भत्ताका कारणले गर्दा पनि महिलाहरु नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको बताए । डा. दाहालले गतवर्ष एक हजार पाँच सय पाँचजनाले सुत्केरी भत्ता लिएको पनि बताए ।

तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने क्रम निकै बढेर गएको छ । सुत्केरी भत्ता पाउने आशामा महिलाहरुले सुत्केरी हुनुभन्दा अघि अनिवार्य रुपमा चारपटक गर्भजाँच गराउने गरेका छन् ।


उनले चारपटक गर्भ जाँच गराउनुका साथै, सरकारी मान्यताप्राप्त अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा यो सुविधा लिन सकिने समेत बताए । उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गत वर्षबाट नै मातृशिशु मृत्युदरमा कमी आएको उनको भनाइ छ । डा. दाहालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख रु २ सय ३९ रहेकोमा तुलसीपुरको मातृशिशु मृत्युदर ४५ प्रतिलाख रहेको छ । ‘यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ’ दाहालले भने ।

तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले कार्यक्रम फलदायी भएको वताउँदै निम्न वर्गका परिवारका लागि पोषिले खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेको समेत बताए । ‘सरकारले दिने पैसासहित हामीले पाँच हजार दिने गरेका छौँ’ पाण्डेले गतवर्ष सरकारले नौसय दिने गरेकोमा उपमहानगरपालिकाले चार हजार एकसय दिने गरेको र यसपटक सरकारले बढाएर एक हजार आठसय बनाएकोमा उपमहानगरपालिकाले तीन हजार दुई सय दिने गरेको बताए । ‘आमा र बच्चाको स्वास्थ्य ठिक होस् भनेर हामीले यस्तो गरेका हौँ’ पाण्डेले भने ।

 

 

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *