२०८१ बैशाख ७ गते शुक्रवार

यसरी भयो, दाङमा नेकपाको नेतृत्वमा भागवण्डा

दाङ, मंसिर १९ ।
नेपाल कम्युनिष्ट पार्टीले दाङमा नेतृत्वको लागि भागवण्डा गरेको छ । बुधवार घोराहीस्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा बसेको पार्टी एकता कार्यदलको बैठकले नेतृत्व बारे सहमति कायम गरेको हो ।

जिल्लाका दश स्थानीय तह मध्य ६ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व पाउने भएको छ भने ४ वटामा पूर्व माओवादी केन्द्रले नेतृत्व पाउने सहमती भएको पूर्व एमालेका दाङ जिल्ला अध्यक्ष एवं पार्टी एकता कार्यदलका एक सदस्य टिकाराम खड्काले जानकारी दिए ।

पूर्व एमालेको भागमा गढवा गाउँपालिका, नमही नगरपालिका, घोराही उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, र दंगिशरण गाउँपालिका परेको छ भने पूर्व माओवादीको भागमा तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका परेको सदस्य खड्काले बताए ।

त्यस्तै जिल्लाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये दुई वटा क्षेत्रमा नेतृत्व पूर्ब एमाले र एउटा क्षेत्रको नेतृत्व पूर्ब माओवादी केन्द्रलाई दिने सहमती कायम भएको कार्यदलका सदस्य खड्काले बताए । यो सहमति अनुसार अव प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र १ मा पूर्व एमालेले ईञ्चार्ज पाउने भएको छ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पूर्व माओवादीले ईञ्चार्ज पाउने भएको छ ।

तर ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा पूर्व एमाले र पूर्व माओवादीले समान ३÷३ वटा क्षेत्रमा नेतृत्व पाउने भएका छन् । कार्यदलका सदस्य खड्काका अनुसार प्रदेश निर्वाचन क्षेत्रमा १ को (२), २ को (१) र ३ को (१)मा पूर्ब माओवादी केन्द्रले नेतृत्व पाउने भएको छ, भने निर्वाचन क्षेत्र १ को (१) र २ को (२) र ३ को (२)मा पूर्ब एमालेलाई नेतृत्व दिने सहमती कायम भएको छ ।

प्रदेश निर्वाचन क्षेत्रमा जस्तै जिल्लाका दश स्थानीय स्थानीय तह मध्य पूर्व एमाले र पूर्व माओवादीलाई समान ५ ÷ ५ क्षेत्रको ईञ्चार्ज दिने सहमती कायम भएको एमाले दाङका पूर्व अध्यक्ष खड्काले बताए । खड्का अनुसार पूर्व एमाले संयोजक भएको ठाउँमा पूर्व माओवादी ईञ्चार्ज र पूर्व माओवादी संयोजक भएको ठाउँमा पूर्व एमालेको ईञ्चार्ज रहने व्यवस्था गरिएको छ । दश स्थानीय तहमा दुबै पार्टीले समान ५ ÷ ५ जना ईञ्चार्ज र सहईञ्चार्ज पाउने गरि सहमति कामय भएको छ ।

दाङमा कुन ठाउँमा कस्को नेतृत्व रहने भन्ने कुराको टुङ्गो लागगेको भएपनि व्यक्तिको बारेमा टुङ्गो लागि नसकेको खड्काले जानकारी दिए ।

नेकपाको विधानमा जिल्ला कमिटीको संख्या १ सय ५५ जनाको रहने व्यवस्था छ भने उपमहानगरपालिकाको कमिटी १ सय १ नगर कमिटी ८१ र गाउँपालिका कमिटी ७५ सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै उपमहानगरपलिका वडा कमिटीमा ३५ जना, नगर÷गाउँ वडा कमिटीमा २९ र नगरगाउँका टोलमा १९ जना रहने व्यवस्था रहेको छ ।

दाङमा अध्यक्षको विवाद कायमै

दाङमा अध्यक्षको विवाद भने कायमै छ । नेकपा सचिवालय बैठकले अझैं जिल्लाको अध्यक्ष को हुने भने छिनोफानो गर्न सकिरहेको छैन । दाङमा पूर्व एमालेले अध्यक्ष पाउने सहमति भइसकेको छ ।

यसअघि शिवकुमार आचार्यको मात्रै नाम अध्यक्षको लागि केन्द्रमा सिफारिस गरेकोमा त्यसको व्यापक विरोध भएको थियो । आचार्य प्रदेश नं. ५ का मुख्य मन्त्री एवं नेकपाका प्रदेश ईञ्चार्ज शंकर पोखरेलका बहिनी ज्वाँई हुन ।

त्यसको विरोधमा बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको सचिवालय बैठकमा व्यापक विरोध गर्दै फरक मत दर्ता गरेपछि पछिल्लो समय पूर्व एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काको नामपनि केन्द्रमा सिफारिस गरेर पठाइएको छ । तरपनि अध्यक्षको टुङ्गो लगाउन भने केन्द्रले अझैं सकिरहेको छैन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *