काठमाडौं ,असोज १२ । मोरङकामा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ५१ जना महिला र ७९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।
विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार