तुलसीपुर, असोज १० । तुलसीपुरवाट एक पति पत्नि प्रतिवन्धित लागु औषध अफिमसहित पक्राउ परेका छन् ।
रोल्पा जिल्लाको साविक थवाङ गाविस वडा नं. ५ निवासी ४६ बर्षीय कर्मकुमार बुढा र उनकी ४६ बर्षीया पत्नि राजकुमारी रोका पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुम्राहचोकवाट शुक्रवार पौने ८ बजेतिर जिल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीवाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार लागु औषध शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार