दाङ,भदौ २४ । वितेको २४ घन्टामा देशभर कोरोना भाइरसका १ हजार ८१ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएको जानकारी दिए ।
बुधवारसम्म नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको डा. गौतमल बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।नेपालमा बुधवार सम्म कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमले बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधवार सम्म कोरोना संक्रमनवाट मृत्यु हुनेको संख्या ३१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमले बताए ।
प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार