२०८१ माघ १२ गते शनिवार

हप्ता दिनमा झन्डै १ हजार मानिस र ८ सय सवारी साधन ‘होल्ड’मा परे

फाइल तस्बिर : राजेश खत्री

यमकला भुसाल,
तुलसीपुर,भदौ २२ ।दाङमा लकडाउन उल्लघन गरेको भन्दै ८ सय १८ सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भदौ १४ गते रातिदेखि २२ गते दिउँसो सम्मको ती सवारी साधन होल्डमा परेका हुन । लकडाउनको समयमा अटेरी गरेर सवारी साधन चलाउने मध्य सबै भन्दा धेरै मोटरसाइकल ४ सय ४७ वटा होल्डमा परेको जिल्ला प्रहरी प्रबक्ता दाङका डिएसपी सुमित खडले जानकारी दिए ।

यो अवधिमा ट्रक १ सय १५ वटा , अटो १ सय ३ वटा ,जिपकार ५३ ,बस ४१ ,स्कुटर २७ ,टिप्पर २४ र टक्टर ८ गरि ८ सय १८ सवारी साधन होल्ड परेको खड्काले बताए ।त्यस्तै भदौ १४ यता जिल्ला भर लकडाउन उल्लघन गर्ने ९ सय ९० जना मानिसपनि होल्डमा परेका छन् । जसमा ६ सय ८८ जना पुरुष र २ सय ९२ जना महिला परेको खड्काले बताए । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै २÷३ घण्टा होल्ड राखेर सम्झाई बुझाई छाड्ने गरेको छ ।

एक हप्ताको अवधिमा मास्क नलगाई हिड्े २ सय ९६ जना आर्थिक कारवाहीमा परेका छन् । त्यसमा २ सय ११ जना पुरुष र ४५ जना महिला परेको प्रहरीले जानकारी दिएको छ । यो बीचमा सवारी साधन, मास्क नलगाई हिड्नेहरुलाई कारवाही गर्दा ३० हजार ८ सय राजश्व संकलन भएको जिल्ला प्रहरी प्रबक्ता खड्काले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *