२०७८ जेष्ठ २ गते आइतवार

घोराहीबाट ६३ हजार रकमसहित १४ जुवाडे पक्राउ


तुलसीपुर, भदौ १८ । घोराहीमा ६५ हजार नगदसहित १४ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ पनन्पुर निवासी ३४ बर्षीय मधुकर बस्नेत, ३७ बर्षीय माधव विक, ३० बर्षे दिपक बादी, ३८ बर्षे राजाराम विक, ३० बर्षका निर्मल केसी रहेका छन् ।

त्यस्तै घोराही ९ का ३१ बर्षे चुडामणि खत्री, २९ बर्षे वशन्त बुढाथोकी, ३३ बर्षे भागवत डाँगी, ४८ बर्षे बाबुराम नेपाली, ६५ बर्षे निमबहादुर केसी, १६ बर्षे बिबेक परियार, घोराही १० का २२ बर्षे दिपक डाँगी र घोराही १५का ३५ बर्षे प्रधुन धिताल रहेका छन् ।

घोराही १४ निवासी निमबहादुर केसीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा ६३ हजार ८ सय ४० नगद, खेलिरहेको ५ गड्डी तास, नखेलेको एक गड्डी तास सहित भदौ १७ गते बेलुका ८ बजेतिर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारवाही हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *