२०८१ माघ १२ गते शनिवार

रुकुममा पत्निले पतिको हत्या गरि भिरबाट शब फालिन

दाङ,भदौ १८ रुकुम पश्चिममा पत्निले पतिको हत्या गरि शव डोकोमा लगेर भिरबाट फालेकी छन् बाफिकोट गाउँपालिका वडा नं. १० निवासी २२ बर्षीया अन्जना पुन बुढाले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ बर्षीय पति भिमबहादुर बुढाको हत्या गरि डोकोमा हालेर शव भिरमा लगेर छराएको प्रहरीले बताएको

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका बजेतिर अन्जनाले घर भित्रै सुत्नेकोठामा आफ्ना पतिको हत्या गरेकी थिइन

पछि शब डोकोमा बोकेर स्थानीय टुटुरे जंगलको भिरमा लगेर लगेर फालेको भन्ने खुल्न आएको वलीले बताए सुरुमा हत्या आरोपी अन्जनाले आफ्ना पति भदौ १० गते साँझ बेलका बजेतिर कसैलाई जानकारी नदिएर घरबाट निस्किएर बेपत्ताभएको भन्ने वयान गरेकी थिइन

भिमबहादुरको शव भदौ १४ गते विहान ११ बजे स्थानीय टुटुरे भिरको जंगलमा फेला परेको थियो त्यसपछि बल्ल प्रहरीले अनुसन्धान सुरु गरेको थियो

प्रहरीले आशंका लागेर भदौ १७ गते पत्नि अन्जनाालाई पक्राउ गरेको थियो सोही दिन सोधपुछको क्रममा  अन्जनाले पतिले हत्याआफैले गरेको स्वीकार गरेकी थिइन

मदिरा सवेन गरि आफुसंग विवाद गर्न थालेपछि सुत्ने कोठमा लाठीले हानेर हत्या गरेको बयान उनले दिएकी प्रहरीले बताएको घटनावारे थप अनुसन्धान  भइरहेको प्रहरीले जानकारी दिएको

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *