२०८१ माघ १२ गते शनिवार

प्यूठानका कोरोना संक्रमितको बुटवलमा मृत्यु

बुटवल, भदौ १८ । गएराति बुटवलमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ।प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ निवासी ५८ वर्षीय पुरूषको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा गएराति राति मृत्यु भएको छ ।

भदौ १६ गते उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो । उनी भदौ १० गते अस्पतालमा भर्ना गरिएका थिए ।
निमोनिया र कलेजोमा समस्या रहेका उनलाई भदौ १० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *