२०८१ माघ १२ गते शनिवार

सल्यानमा शिक्षकवाट बलात्कृत एक बालिका सम्पर्क विहिन

दाङ, भदौ १७ ।  सल्यानमा एक महिना अगाडि शिक्षकवाटै जवरजस्ती बलात्कृत भएकी एक बालिका केहीदिन अगाडिदेखि बेपत्ता भएकी छिन ।

जिल्लाको बागचौर निवासी १४ ÷ १५ बर्षकी ती बालिकाकाले साउन ८ गते बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर तथा शिक्षक ३१ बर्षीय रामचन्द्र केसीले आफुमाथि पटक÷पटक बलात्कार गरेको प्रहरीमा जाहेरी दिएकी थिइन ।

इलाका प्रहरी कार्यालय थारमारेमा केसी विरुद्ध किटानी जाहेरी दिएकी उनी एक महिनापछि भदौ १२ गते बेलुका ८ बजेतिर घरबाटै बेपत्ता भएको उनका अभिभावकले बताएका छन् ।

आरोपित शिक्षक केसी भने आफु विरुद्ध प्रहरीमा जाहेरी परे लगतै फरार भएका थिए ।

उनैले मुद्दा प्रभावित तुल्याउन आफ्नी छोरीलाई अपहरणमा गरेको हुन सक्ने भन्दै पीडित किशोरीका बुवाले पुनः प्रहरीमा छोरीको खोजी कार्यमा सघाउन भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी ढकेन्द्र खतिवडाले घटनावारे अनुसन्धान जारी रहेको तथा बेपत्ता बालिका र बलात्कार आरोपी शिक्षकको खोजी कार्य तीब्र रुपमा भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *