२०८१ माघ १२ गते शनिवार

कालीकोटमा सुख्खा पहिरो, ५ घर पुरियो, ४ जनाको मृत्यु

कालीकोट,भदौ १४ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १ मा रहेको नाग्म बजारमा आज बिहान सुख्खा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ५ घर समेत पुरेको छ ।

घटनामा परी मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं। ५ बस्ने ५ वर्षका निराजन शाही, सोही गाउँपालिका वडा नं। सातका ४० वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही र उनकै दुई महिनाका छोरा अक्कल शाही रहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

जीवितै उद्धार हुनेहरूमा तिलगुफा ३ बस्ने एघार वर्षका अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाकी चंगा शाही रहेका छन् ।सुख्खा पहिरोमा परेर पाँच घर पुरिँदा थप ८ जना सम्पर्कमा नआएको डिएसपी तिमिल्सिनाले बताए ।

उनीहरूलाई सकेसम्म जीवितै उद्धार गर्न नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका २६ जना तथा स्थानीयहरू लागिरहेको डीएसपी तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *