२०८१ माघ १२ गते शनिवार

बाँकेका ७ सय ३ जना संक्रमितले कोरोना जिते

नेपालगन्ज,भदौ १३ । बाँके जिल्लामा कोरोना जित्ने सात सय नाघेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँके जिल्लामा कोरोनाबाट शनिबारसम्म ७ सय ३ जना डिस्चार्ज भएका हुन् ।

शनिबार मात्र होटल न्यू इन्द्रेणी, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन सेन्टर, आदर्शनगर आइसोलेसन, होटल सिटी प्यालेस, खजुरा क्यान्सर अस्पताल आइसोलेसनबाट १० जना डिस्चार्ज भएका छन् । ती अधिकांश नेपालगन्जका हुन् ।

जिल्लामा कूल कोरोना संक्रमित ९ सय ७५ जना रहेकोमा आइसोलेसनमा अब २ सय ६६ जना मात्र छन् ।

कोरोनाबाट बाँके जिल्लामा अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *