२०८२ कार्तिक २५ गते मङ्गलवार

तुलसीपुर क्षेत्रमा एकल लालपूर्जा बनाउने महिलाको संख्यामा बृद्धि

फाइल तस्बिर

यमकला भुसाल,
तुलसीपुर,भदौ १३ ।तुलसीपुर क्षेत्रमा एकल लालपुर्जा बनाउन महिलाको संख्यामा बृद्धि भएको पाइएको छ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काका अनुसार कार्यालयबाट वितेको वर्ष ४ हजार २ सय २० जना महिलाले एकल लालपूर्जा बनाएका छन ।त्यस्तै महिला पुरुष दुवै भएका ३ हजार ७ सय ७० जनाले एकल लालपुर्जा बनाएका छन ।

महिलाको नाममा पुर्जा बनाउँदा २५ प्रतिशत छुट हुने भएकाले एकल लालपुर्जा बनाउनेको संख्या बढेको प्रमुख खड्काले बताए । आर्थिक बर्ष २०७६÷०७७ मा कार्यालयबाट महिलाको नाममा पुर्जा बनाउँदा १ करोड ८८ लाख ६३ हजार ७ सय २६ रुपंैया रकम छुट भएको खड्काले जानकारी दिएका छन् । गत वर्ष तुलसीपुर मालपोत कार्यालयबाट ५ हजार ६ सय २५ जना महिलाले एकल लालपुर्जा बनाएको तथ्याङ्क छ ।
त्यस्तै ५ हजार १ सय ९० जना पुरुषले एकल लालपुर्जा बनाएको कार्यालय प्रमुख खड्काले जानकारी दिएका छन् ।

संयुक्त लालपूर्जा बनाउनेको संख्या घट्यो
आर्थिक वर्र्ष २०७४÷०७५ मा मालपोत कार्यालय तुलसीपुरबाट ११ हजार ८ सय ३२ जनाले लालपुर्जा बनाए । त्यसमध्य २४ जना दम्पत्तिले सयुंक्त लालपुर्जा बनाएको तथ्याङ्क छ । अघिल्लो बर्ष तुलसीपुर मालपोत कार्यलयबाट १३ जना दम्पत्तिले सयुंक्त लालपुर्जा बनाएका थिए ।तर यो वर्ष ४ जना दम्पत्तिले मात्रै संयुक्त लालपुर्जा बनाएका छन । मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काका अनुसार संयुक्त लालपुर्जा बनाउनेको संख्या घट्दै गइरहेको पाइएको छ ।

सरकारले सम्पत्तिमा दम्पत्तिको समान अधिकारको व्यवस्था गरेपनि कार्यालयमा लिखितको संख्या घटेपछि सयुंक्त लालपुर्जा बनाउनेको संख्यामा कमी आएको उनले तर्क गरे । प्रमुख खड्काले २०७६÷०७७ मा तुलसीपुरबाट ८ हजार ४ सय ८५ जनाले नयाँ लालपुर्जा बनाएको जानकारी दिए । त्यसमा अन्य लिखित संख्या ७ हजार ९ सय ९० छ भने धितो लिखित पारित संख्या ३ हजार ९ सय २ रहेको छ ।

गत वर्ष भन्दा कम राजश्व सकंलन
मालपोत कार्यालय तुलसीपुरको तथ्याङक अनुसार बितेको एक वर्षमा विभिन्न शिर्षकमा १५ करोड २० लाख ५२ हजार ३ सय ९२ रुपैंया राजश्व सकंलन भएको छ । गतवर्ष कार्यालयबाट १८ करोड ५५ लाख राजश्व सकंलन भएको थियो । कार्यालय प्रमुख नरेश खड्काका अनुसार विभिन्न शिर्षकमा उक्त राजश्व संकलन भएको हो । उक्त रकम गत वर्षको तुलनामा कम हो ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *