२०८१ माघ १२ गते शनिवार

सर्वसाधारणको जीवन रक्षामा सरकार गम्भीर बन्न सकेन – काँग्रेस नेता भूपबहादुर डाँगी

दाङ, भदौ ११ । नेपाली काँग्रेस दाङ क्षेत्र नं। २ ले आम सर्वसाधारणको जीवन रक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

नेपाली काग्रेस दाङ क्षेत्र नं २ का सभापति भुपवहादुर डाँगीले विज्ञप्ति मार्फत पछिल्लो समय दाङपनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै पिसिआर परीक्षण बढाउन माग गरेका हुन ।

आवश्यक सावधानीदेखि सङक्रमितको उपचार र जीवन रक्षामा पुर्ण लापरवाही भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर बन्न उनले आग्रह गरेका छन् ।

‘सरकारले समाजमा क्रास फैलाएको प्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभापति डाँगीले भनेका छन् ‘ कोरोनाको कारण थप सङक्रमण फैलन नदिन सरकार जिम्मेवार ढंगले प्रस्तुत हुन नसक्नु दुःखद पक्ष हो।’

उनले कोरोनाको उपचारमा उच्च सतकर्ता अपनाउन र अस्पतालका ओपिडी सेवा समेत सुरक्षित रुपमा सञ्चालन गरी आम सर्वसाधारणको जीवन रक्षामा सहग हुन उनले आग्रह गरेका छन् ।

सभापति डाँगीले विज्ञप्ति मार्फत कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सामाजिक अभियान्तालाई समेत उचित सम्वोधन गर्न नसकेको प्रतिपनि गुनासो गरेका छन् । उनले सरोकारवालाहरुलाई भविस्यमा पनि उच्च मनोवलका साथ खटिन आग्रह पनि गरेका छन् ।

नेता डाँगीले कोरोनाको कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गदै सङक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *